पोखरा, १६ जेठ/

लोकतान्त्रिक तमु संघ नेपाल कास्की जिल्ला प्रथम अधिवेशनले नारायण गुरुङको अध्यक्षतामा २७ सदस्यीय सर्वसम्मत कमिटि निर्वाचित गरेको छ।

कमिटिको उपाध्यक्षहरुमा कृष्णकुमारी गुरुङ र लक्ष्मी गुरुङ, सचिवमा डबिन गुरुङ, उपसचिवद्धयमा रिकेश गुरुङ र अनिस गुरुङ, कोषाध्यक्षमा कुमारी गुरुङ चयन हुनुभएको छ।

कमिटिको सदस्यहरुमा भुपेन्द्र गुरुङ, धनप्रसाद गुरुङ, भुमिप्रकास गुरुङ,सुशिला गुरुङ, कविता गुरुङ, पुर्ण सुब्बा गुरुङ, बुद्धिमाया गुरुङ, जीवन गुरुङ, युवराज गुरुङ, चिन्ता गुरुङ, काशीमाया गुरुङ, कुमारी गुरुङ, भिमकुमारी गुरुङ,ओमकाजी गुरुङ, मनोजकुमार गुरुङ, नवकुमारी गुरुङ, जगतबहादुर गुरुङ, बिनोद गुरुङ, एकप्रसाद गुरुङ, गिरेन्द्र गुरुङ रहनुभएको छ।

नवनिर्वाचित कमिटिलाई लोकतान्त्रिक तमु संघका महासचिव, आदिवासी जनजाति महासंघका केन्द्रिय सचिव तथा अध्यक्ष मण्डलका अध्यक्ष हुमबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो भने लोकतान्त्रिक जनजाति महासंघ कास्कीका अध्यक्ष गणेश श्रेष्ठले बधाई तथा शुभकामना, लोकतान्त्रिक तमु संघ गण्डकीका अध्यक्ष कर्णबहादुर गुरुङले टिका, जिल्ला इञ्चार्ज तथा प्रदेश वरिष्ठ उपाध्यक्ष पवित्रादेवी गुरुङले खादा लगाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रममा नवनिर्वाचित अध्यक्ष नारायण गुरुङले लोकतान्त्रिक तमु संघ कास्कीलाई उत्कृष्ठ संघको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो। नेतृत्व चयनका लागि अध्यक्ष मण्डल तथा निर्वाचन समितिमा संयोजक हुमबहादुर गुरुङ, कर्णबहादुर गुरुङ, किरण गुरुङ, विष्णुमाया गुरुङ, गणेश श्रेष्ठ रहनुभएको थियो।

यसअघि अधिवेशनको नेकपा एमालेका स्थायी कमिटि सदस्य, लोकतान्त्रिक तमु संघ नेपालका संस्थापक अध्यक्ष किरण गुरुङले उद्घाटन गर्नुहुदै लोकतान्त्रिक तमु संघ तमु समुदायको ऐतिहासिकताको खोज अनुसन्धान गर्ने, पराम्परागत कला, सँस्कृतिको अध्ययन, तमुहरुलाई संगठित, प्रशिक्षित, नेतृत्वदायी उदाहरणीय संघ बन्नुपर्ने बताउनुभयो।

यसरी नै नेकपा एमाले कास्कीका अध्यक्ष एवम प्रतिनीधिसभा सदस्य मनबहादुर गुरुङ, लोकतान्त्रिक तमु संघ नेपालकी उपाध्यक्ष सर्मिला गुरुङ, महासचिव हुमबहादुर गुरुङ,गण्डकी अध्यक्ष कर्णबहादुर गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष, कास्की इञ्चार्ज पवित्रादेवी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष टेकबहादुर गुरुङले स्वागत र सचिव विष्णुमाया गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0