पोखरा १६ जेठ ।

पोखरा ११ फूलबारीमा रहेको शिवशक्ति माध्यामिक विद्यालयमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा डा. तुलसी प्रवास खनालले अभिभावको भूमिका र सचेतनाको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो कार्यपत्र माथी सहभागीले छलफल समेत गरें ।


कार्यक्रममा बोल्दै विद्यालयका प्रधानध्यापक शम्भुराज बाँस्तोलाले विद्यालयमा शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्धबाट नै विद्यालयले पढाइमा गुणस्तर ल्याउने बताउनुभयो । उपस्थित सबैलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर बाँस्तोलाले धन्यवादज्ञापन गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी अभिभावकहरुले आँउदा दिनहरुमा झनै अग्रसर रही विद्यालयसँग हातेमालो गर्दै अगाडि बढ्ने बताएको विद्यालयका खेल शिक्षक रामचन्द्र बाँस्तोलाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0