kf]v/f, @! c;f/ . kf]v/f dxfgu/kflnsf j8f g+ !* ;/fªsf]6 lkknbf/Laf6 b]lvPsf] kf]v/f ahf/ . t:jL/ M rG›snf If]qL, /f;;

पोखरा जेठ १५/
पर्यटकीय राजधानी पोखरामा मङ्गलबारदेखि एसिया–प्रशान्त क्षेत्रका पर्यटन तथा ट्राभल सङ्घसंस्थाको छाता संस्था प्यासिफिक एसिया ट्राभल एसोसिएसन ९पाटा०को वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर ट्राभल मार्ट–२०२३ सुरु हुँदैछ ।

नेपाल सरकार, नेपाल पर्यटन बोर्ड तथा पाटाको आयोजनामा नेपालमा पहिलोपटक हुन लागेको उक्त कार्यक्रमको तयारी पूरा भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

होटल पोखरा ग्रान्डमा चार दिनसम्म चल्ने सो कार्यक्रममा विभिन्न २२ देशका एक सय ६० जना क्रेता र बिक्रेतासहित झन्डै दुई सय ५० जनाको सहभागिता रहने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले बताउनुभयो ।

माल्दिभ्सका पर्यटनमन्त्रीसहित सात देशका पर्यटन हेर्ने निकायका उच्च पदाधिकारीले पनि शिखर सम्मेलनमा भाग लिनेछन् । “अन्तरराष्ट्रियविज्ञदेखि पर्यटनसँग सम्बन्धित विशिष्ट पाहुनाहरु सम्मेलनका लागि पोखरा आइपुग्नुभएको छ”, कार्यकारी अधिकृत रेग्मीले भन्नुभयो, “पाटाको शिखर सम्मेलन आयोजना गर्ने नेपालको धेरै पहिलेदेखिको सपना पूरा हुँदैछ, यो हामी सबैका लागि गौरवको विषय हो ।”

नेपालले सन् १९७५ मा पाटा इन्टरनेसनलको सदस्यता लिएपछि पहिलोपटक पाटा शिखर सम्मेलनको आयोजना गर्ने अवसर पाएको हो । एडभेन्चर ट्राभल मार्ट भने यसअघि पनि नेपालमा हुँदै आएको थियो । पाटा शिखर सम्मेलनले अन्तरराष्ट्रियजगत्मा नेपाललाई चिनाउन र कोभिड–१९ महामारीले थलिएको पर्यटन क्षेत्र उकास्न टेवा पुग्ने विश्वास लिइएको छ ।

सो कार्यक्रममा पर्यटनमा ख्याति कमाएका राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका विज्ञ तथा वक्ताहरुको दिगो पर्यटन, सङ्कट व्यवस्थापन, हवाई सुरक्षा, सामाजिक सञ्जाल, साहसिक तथा पर्वतीय पर्यटनलगायतका विषयमा प्रस्तुतीकरण तथा छलफल हुनेछ । पाटाको शिखर सम्मेलनसहित, बोर्ड बैठक पनि सञ्चालन हुने पाटा इन्टरनेसनलका सचिव सुमन पाण्डेले बताउनुभयो ।

कोभिड–१९ पछिको पर्यटन र पर्यटन व्यवसायको प्रवर्द्धनका विभिन्न आयामबारे समूहगत छलफल तथा ‘बीटुबी’ कार्यक्रम पनि सञ्चालन हुने उहाँको भनाइ छ । नेपाल र नेपाली र विदेशी पर्यटनविज्ञ तथा व्यवसायीहरुबीच सिकाइ आदानप्रदानका लागि पनि उक्त कार्यक्रम उपयोगी हुने ठानिएको छ ।

“पोखरालाई केन्द्र बनाएर नेपालमै पहिलोपटक पर्यटनसम्बन्धी अन्तरराष्ट्रिय स्तरको कार्यक्रम हुँदैछ”, उहाँले भन्नुभयो, “यसबाट नेपाल घुम्नै पर्ने गन्तव्यका रुपमा विश्वभर प्रसारित हुन्छ, पोखरा सुरक्षित छ भन्ने सन्देश बाहिर जान्छ ।”

कार्यक्रमका लागि स्थानीय रुपमा संयोजन गरिरहेको संस्था पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पाटा शिखर सम्मेलन पोखरामा हुनु पोखरेली पर्यटन व्यवसायीहरुका लागि गर्वको विषय भएको उल्लेख गर्नुभयो । उहाँले पोखराको पर्यटन प्रवर्द्धनमा सो कार्यक्रमबाट ठूलो टेवा पुग्ने बताउनुभयो । उक्त कार्यक्रमलाई पोखरा महानगरपालिकाले पनि आर्थिकलगायत व्यवस्थापकीय सहयोग गरेको छ ।

पाटा इन्टरनेसनलका उपाध्यक्ष ताइवानका बिन ल्यायोले कोभिड–१९ महामारीपछिको पहिलो शिखर सम्मेलन शान्त र सुन्दर नगरी पोखरामा गर्न पाउनु खुसीको विषय भएको बताउनुभयो । पाटाको वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर ट्राभल मार्टको मङ्गलबार साँझ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुभारम्भ गर्ने जनाइएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0