पोखरा १५ जेठ/
पोखरामा ४ करोडको लगानीमा एल्जी सो रुम होली भिजनको शुभारम्भ गरिएको छ ।चिप्लेढुंगाबाट बिगत १५ बर्ष देखि सञ्चालनमा रहेको सो रुम नयाँ ब्यवस्थापनका साथ पोखरा ८ न्युरोड नगरपालिका नजिकैबाट शुभारम्भ भएको हो ।
सो रुमको पोखरा महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले सोमबार उद्घाटन गर्नुभएको हो । अध्यक्ष बरालले इलेक्ट्रोनिक सामानको क्षेत्रमा एल्जीले छुट्टै पहिचान बनाउन सफल भएको बताउनुभयो । एल्जीका समानहरु गुणस्तरीय र भरपर्दो रहेको उहाँको भनाई थियो ।
सो रुम सञ्चालक प्रकेश श्रेष्ठ तथा सञ्चालक दीपा सापकोटा लामिछाने द्धयले सो रुम नयाँ ब्यवस्थापनका साथ ग्राहकको सेवामा आएको बताउनुभयो ।सो रुममा एल्जी ब्राण्डका सामानहरु फ्रिज,वासिङ मेशिन,माइक्र्रो वेभ वोभन, टेलिभिजन, ए.सि, सिजि ब्राण्डका सामाना लगायतका इलेक्ट्रोनिक सामना उपलब्ध हुने सञ्चालक श्रेष्ठले बताउनुभयो ।शुभारम्भको अवसर पारेर सो रुमले १५ दिनको लागि ओपनिङ अफर समेत ल्याएको छ । सामान खरिदमा विशेष छुट तथा लक्की ड्र मार्फत उत्कृष्ट उपहार समेत राखिएको छ ।
शुभारम्भको अवसको फोटो फिचर /सो रुमको अवलोकन गदै वडा अध्यक्ष रुद्रनाथ बराल
फोटो :नारायण पौडेल :रेडियो अन्नपूर्ण
