file photo

काठमाण्डौ जेठ ११/
सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेको छ ।आज तोलामा सुन एक लाख ८ हजार ८ सय रुपैयाँ तोकिएको छ । हिजो तोलामा एक लाख ९ हजार ८ सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनको भाउमा उतारचढाव आइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा एक हजार तीन सय ५० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0