पोखरा जेठ ९/
साबिक विजेता गुजरात टाईटन्स र चेन्नाई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग९आइपीएल०को फाइनल प्रवेशका लागि पहिलो क्वालिफायर खेलमा आज मंगलबार खेल्दै छन् ।

चेन्नाईको घरेलु मैदान एमए चेन्नास्वामी क्रिकेट मैदानमा हुने पहिलो क्वालिफायर खेल नेपाली समयअनुसार बेलुका पौने ८ बाट सुरु हुनेछ ।साबिक विजेता गुजरात चेन्नाईलाई पराजित गरि लगातार दोस्रो पटक फाइनल पुग्ने सोचमा रहेको छ ।चेन्नाई पनि गुजरातलाई पराजित गरि फाइनल प्रवेशको सोचमा रहेको छ । घरेलु मैदानमा खेल रहेकोले चेन्नाईलाई त्यहाँको वातावरणको साथ मिल्ने हुँदा चेन्नाई केही बलियो देखिन्छ ।

उता, समूह चरणको १४ खेलमा ४ खेल मात्र हारेर समूह विजेता बनेको गुजरात पनि आफैमा बलियो टोली रहेको छ ।

चेन्नाईविरुद्ध समूह चरणमा भएको एक मात्र खेलमा गुजरात विजयी भएको थियो ।पहिलो क्वालिफायरको खेलको विजेताले फाइनलमा स्थान पक्का गर्नेछ । पराजित टोलीले फाइनलमा प्रवेशको अर्को मौका पाउने छ । ईलिमिनेटरको विजेता टोलीसँग पहिलो क्वालिफायरमा पराजित टोलीले खेल्नेछ ।

ईलिमिनेटर खेलमा भने लिगको तेस्रो स्थानमा रहेको लखनउ र मुम्बईको बीचमा खेल हुनेछ । ईलिमिनेटर खेल बुधबार रहेको छ । ईलिमिनेटर खेलको विजेताले शुक्रबार हुने दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित टोलीसँग खेल्नेछ । यस ईलिमिनेटर खेलको पराजित टोली भने प्रतियोगिताबाट बाहिरिने छ ।

दोस्रो क्वालिफायरमा विजयी हुने टोलीले फाइनलमा स्थान बनाउने छ । पहिलो क्वालिफायर र दोस्रो क्वालिफायरको विजेताले आगामी आइतबार फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् ।फाइनलमा विजेता बन्ने टोली यस १६ औं संस्करणको आइपीएलको च्याम्पियन टोली बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0