पोखरा जेठ ९/
पोखरामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ अर्को एकजना घाइते भएका छन्।पोखरा महानगरपालिका ६ खहरेचोक हल्लनचोकबाट गैह्राको चौतारा तर्फ जाँदै गरेको ग २४ प ३१० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार १८ वर्षीय सफल खतिवडाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा हल्लनचोकबाट गैह्राको चौतारा तर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भएर सडकको विद्युतको पोलमा ठक्कर खाँदा मोटरसाइकल चालक तनहुँको म्याग्दे गाउँपालिका ४ का १७ वर्षीय संगम बानियाँ घाइते भएका छन्, मोटरसाइकलमा सवार काठमाडौं कपन घर भएका खतिवडाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
घाइते बानियाँको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
