पोखरा, ५ जेठ/
पोखरा गैह्रापाटनमा रहेको प्रतिष्ठित विद्यालय कुमुदिनी होम्सले शिक्षण् सिकाईका साथसाथै सामाजिक कार्यमा पनि आफुलाई अब्बल बनाईरहेको छ ।
आवश्यक परेका स्थानमा सहयोग वा विकटका विद्यालयका लागि सहयोगि संस्थाको रुपमा पहिचान बनाईरहेको छ ।सामाजिक उत्तरदायीत्वलाई आत्मसाथ गर्दै र विद्यालयका विद्यार्थीलाई पनि सामाजिक सेवामा प्रेरित गरिरहेको छ ।
यसै सन्दर्भमा विद्यालयले आज एक कार्यक्रम आयोजना गरी हिमालय आधारभूत विद्यालयका प्रधानअध्यापक माधवप्रसाद गौतम र वाराही आधारभूत विद्यालयका प्रधानअध्यापक रामप्रसाद आचार्यलाई रुपैयाँ ३० हजार ५ सय बराबरको स्टेशनरी हस्तान्तरण गरेको छ ।
यस्तै दुबै विद्यालयका विद्यार्थीका लागि खाजा खर्च बापत् ६० हजारको दरले रुपैयाँ १ लाख २० हजारको चेक हस्तान्तरण गरएिको छ । उक्त शैक्षिक सामाग्री तथा चेक विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेसहित विद्यार्थीले हस्तान्तरण गरेका हुन् ।
पालिखेका अनुसार शिक्षण् सिकाईसंगसंगै नयाँ नयाँ अभ्यासहरुलाई भित्र्याईरहेको कुमुदिनीले आफ्ना विद्यार्थीलाई सामाजिक सेवामा पनि उत्प्रेरित गरिरहेको बताए ।
सोहि क्रममा कक्षा ४ देखि १० कक्षा सम्मका विद्यार्थी प्रत्येक कसैले पेन्सिल, कसैले इरेजर र कसैले नोटबुक संकलन गरेर विकटका विद्यालयका लागि योगदान गरेको बताए । उनले हिमालयका ३५ जना र वाराहीका ४४ विद्यार्थीलाई सो सामाग्री उपलव्ध गराएको बताए ।
एक हप्ता अगाडी हिमालय र वाराही आधारभूत विद्यालयका विद्यार्थीका लागि प्रत्येकलाई दुई सेटको दरले ७९ जनालाई पोशाक हस्तान्तरण गरिएको विद्यालयका अध्यक्ष पालिखेले जानकारी दिए ।
शैक्षिक सामग्री तथा विद्यार्थीको खाजा खर्च रकम प्राप्त गरेपछि हिमालयन आधारभूत विद्यालयका प्रधानअध्यापक गौतम तथा वाराही आधारभूत विद्यालयका प्रधानअध्यापक आचार्यले भने, अशोक सरको सहयोगले दुवै विद्यालयको अस्तित्व जोगिएको बताए । उहाँकै आर्थिक तथा शैक्षिक सामग्री र भौतिक निर्माणको सहयोगको कारण शहरदेखि टाढा रहेका विद्यालयमा शैक्षिक गतिविधि ताजा राख्न सकिएको बताए ।
