पोखरा जेठ २ /
नेपाल बैंकर्स एसोसिएसन गण्डकी प्रदेश कमिटिको अध्यक्षमा सूर्यबहादुर रोका चयन भएका छन् । मंगलबार बसेको भेलाले नयाँ कार्यसमिति पुनर्गठन गरेको हो । उनी यस अगाडिको कार्यसमितिमा उपाध्यक्ष भएर काम गरेका थिए । रोका नबिल बैंकको गण्डकी प्रदेश प्रमुख हुन् ।

संस्थाको उपाध्यक्षमा प्राइम बैंकका गण्डकी प्रदेश प्रमुख सूर्यप्रसाद तिवारी चयन भएका छन् । संस्थाको सचिवमा बिनोद भण्डारी चयन भए । उनी सिटिजन बैंकका गण्डकी प्रदेश प्रमुख हुन् । संस्थाको सदस्यमा शान्ति शेरचन ९प्रभू बैंक गण्डकी प्रदेश प्रमुख०, दिव्या थापा हिमालयन बैंक गण्डकी प्रदेश प्रमुख, प्रकाश कँडेल ९कृषि विकास बैंक गण्डकी प्रदेश प्रमुख०, उज्वल बैद्य ९लक्ष्मी बैंक गण्डकी प्रदेश प्रमुख  रहेका छन् ।

सर्बसम्मत अध्यक्ष चयन गर्ने संस्थाका सम्पूर्ण सदस्यप्रति अध्यक्ष रोकाले आभार व्यक्त गरेका छन् ।त्यस्तै यस अगाडिको कार्यसमितिका अध्यक्ष समिर केसी तथा सम्पूर्ण कार्यसमितिप्रति नवनिर्वाचित कार्यसमितिको तर्फबाट अध्यक्ष रोकाले धन्यवाद तथा आभार व्यक्त गर्दै सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0