पोखरा २ जेठ /
कास्की कारागारमा स्वास्थ्य शिविरको आयोजना भएको छ ।आइएनएफ नेपाल हरियो खर्क अस्पताल ,कारागार कार्यालयको आयोजनमा, स्वास्थ्य कार्यालय कास्की र पोखरा महानगरपालिकाको समन्वयमा शिविरको आयोजना भएको हो।
शिविरबाट जम्मा ३८० जनाको स्वास्थ्य परिक्षण र निशुल्क औषधि वितरण गरिएको हो । बल्क ए मा ३ सय ४० जनाले सेवा लिएका छन् । जसमा १३२ जना पुरुषमा छाला रोग र २ सय ८ जनामा सामान्य रोग देखियो । त्यस्तै २७ जना महिला मध्ये १२ जनालाई छाला सम्बन्धी परिक्षण गरिएको हो । १५ जनाको सामान्य परिक्षण गरिएको छ ।
बल्क बि मा ३सय ६८ जना लाई वाकिँ रहेको र उनिहरुलाई छिट्टै अर्को शिविर सञ्चालन मार्फत सेवा प्रदान गरिने हरियो खर्क अस्पतालकमा सामुदायिक चिकित्सा परियोजना संयोजक ताराहांग तावाले बताउनुभयो ।कास्कीका प्रमुख प्रमुख जिल्ला अधिकारी टेक वहादर केसीले कारागरमा निशुल्क स्वास्थ्य सेवा प्रदान गर्नु अति प्रशंसनीय र कसैले आँखा लगाउन नसकेको ठाउँमा बृहत सेवा प्रदान गरेकोमा आइएनएफ नेपाल प्रति अभार ब्यक्त र्गनुभयो ।
कास्की कारागरमा धेरै कैदीहरु छाला सम्वन्धी रोगहरु देखिएको भन्ने अनुरोध आएकोले हरियो खर्क अस्पतालका छाला रोग विशेषज्ञ डा. प्रकाश कार्की, डा. थोराङ भोटिया, मनोसामाजिक परामर्शदाता रुथ परियार सहित दर्जनौं स्वास्थ्यकर्मीले स्वास्थ्य चेक जाँच, ब्लडप्रेशसर, सुगर जाँच गरी निशुल्क औषधि वितरण गरिएको संयोजक तावाले बताउनुभयो ।कारागरमा सेवा गर्न पाउनु पाउनु खुशीको कुरा रहेको र मेडिकल शिविर गर्न स्वीकृति प्राप्त गरेकोमा नर्सिग सुपरिटेन्डेन्छ करुणा तामाङले नेपाल सरकारप्रति कृतज्ञ रहेको बताउनुभयो ।
जीवनमा जागिर मात्र होइन तर साँच्ची सेवा गर्न पाइयोस भन्ने हेतुले स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरेको कास्की कारागर प्रमुख खेम कोइरालाले बताउनु भयो ।कैदीबन्दीहरुले निशुल्क स्वास्थय सेवा प्राप्त गरेकोमा खुशी देखिन्थे । साथै कारागरमा रहेका कैदीबन्दीसँग प्रत्यक्ष अनुगमन र अवलोकपनि पनि समेत गरिएको थियो ।उक्त स्वास्थ्य शिविरमा, जनपद एसपी, शशस्त्त एसपी, सरकारी वकिल, स्वास्थ्य कार्यालयमा अधिकृत रविन्द्र वास्ताकोटी, पोखरा महानगरपालिकका जनस्वास्वाथ्य निर्देशक राजेन्द्र रेग्मी सहित अन्य सरोकारवाहरुको उपस्थित रहेको थियो ।
