पोखरा २ जेठ/

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्धारा गठित बाल अधिकार समूहले माछापुच्छे« ४ लाचाहोकको महेन्द्र माविमा सडक नाटक प्रदर्शन गरेको छ ।

‘जातीय भेदभाव अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, शिर्षकमा समूहका विद्यार्थी सृष्टि नेपाली, दिव्या अधिकारी, रेजिना अधिकारी, विद्या बुढाथोकी र आशिष अधिकारीले अभिनय गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक जगनाथ अधिकारीले बालबालिकाको क्षमता अभिवृद्धि गर्न इन्सेकले गरेको सहयोगलाई धन्यवाद दिए ।

विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावक गरी २ सय जनाको सहभागितामा नाटक देखाइएको हो । समूहका संरक्षक शिक्षक नवराज अधिकारीले सहजीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0