पोखरा बैशाख २५/
पोखरा महानगरपालिका वडा नम्बर ३० पावर हाउसबाट लागु औषध सहित १ जना पक्राउ परेका छन् ।पृथ्वीराजमार्गको सडक अन्तरगर्त पावर हाउसमा सवारी साधन चेक जाच गर्ने क्रममा पोखरा आउदै गरेको बसबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका सुचना अधिकारी श्रवण कुमार विकले जानकारी दिए ।

पक्राउ पर्नेमा पोखरा २४ का बसन्त सुवेदी रहेका छन् । उनको साथ बाट लागु औषध गाँजा २ किलो ७८२ ग्राम र १ थान मोवाइल सेट प्रहरीले बरामद गरेको छ । उनलाई लागू औषध सम्बन्धी मुद्दा दर्ता गरि थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0