पोखरा, २४ वैशाख/

पोखराको गैह्रापाटनमा रहेको उत्कृष्ट विद्यालय कुमुदिनी होम्सले बिगतका वर्षहरुमा जस्तै यस नयाँ शैक्षिक सत्रका लागि पनि दुई विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री, खाजा तथा विद्यालय पोशाक प्रदान गरेको छ ।

विद्यालयमा आज आयोजना गरिएको एक कार्यक्रममा कुमुदिनी होम्सका संस्थापक अध्यक्ष अशोक पालिखेसहित विद्यालय परिवारले माछापुच्छ«े गाउँपालिका खादरजुङस्थित बाराही आधारभूत विद्यालयका प्रधानअध्यापक रामप्रसाद आचार्य र पुरन्चौरमा रहेको हिमालय आधारभूत विद्यालयका प्रधानअध्यापक माधवप्रसाद गौतमलाई हस्तान्तरण गरेका हुन् ।

विद्यालयका अध्यक्ष अशोक पालिखेले बाराही आधारभूत विद्यालयका लागि बिगत ६ वर्षदेखि शैक्षिक सामाग्री, खेलकुद, प्रत्येक विद्यार्थीलाई दुई सेट पोशाक, आवश्यक भौतिक सामाग्रि सहयोग गर्दै आएको बताए । हामीले दुई विद्यालयलाई एडप गरेका छौं ।

विद्यालयको अवश्था दयनिय देखेपछि लोटस फाउण्डेशन जर्मनीको सहयोगमा पोशाक दिदै आएको बताए । उनले विद्यार्थी तथा विद्यालयलाई शिक्षण सिकाईका लागि कुनैपनि अफ्ठेरो परेको बेलामा सहयोग गर्दै आएको बताए । यो सामाजिक काम पनि हो । सकेको योगदान सबैले गर्नुपर्छ ।

हामीले सो उत्तरदायीत्वलाई मनन् गर्दै सहयोग गर्दै आएको बताए । यसपटक हिमालय प्रावीका ३५ विद्यार्थीका लागि प्रत्येकलाई दुई दुई सेट पोशाक, खाजा खर्च, स्टेशनरी उपलव्ध गराएको बताए । उनले कुमुदिनीका विद्यार्थीलाई पनि सामाजिक सेवा भावमा प्रेरित गर्दै आएकोले कक्षा ४ बाट माथिका विद्यार्थीबाट संकलित पेन्सिल, कटर र नोटबुक उपलव्ध गराएको बताए ।

बाराही प्राविका प्रधानाध्यापक रामप्रसाद आचार्यले विद्यालय मर्ज हुने अवश्थामा पुगेको र संन्चालनमा कठिनाई परेको बेलामा अशोक सरले म सहयोग गर्छु भनेपछि अहिले विद्यालयमा ४६ जना विद्यार्थीले अध्ययन गरिरहेको बताए । हामी पालिखे सरको सहयोगबाट निकै उत्साहित भएका छौं ।

सरकारले दिने १५ रुपैयाँ खाजा खर्चले के नै हुन्छ र ? सरले सहयोग गरेपछि हामीले विद्यार्थीलाई राम्रो खाजा खुवाउन सक्षम भएका छौं । उहाँ हाम्रा लागि आड र भरोसाको पात्रको रुपमा रहनु भएको छ । हाम्रोमा पाँच कक्षासम्म पढाई भईरहेको छ । नीजि श्रोतबाट दुईजना शिक्षक र सरकारी दरबन्दि तीनवटा रहेको छ । राज्यको तर्फबाट खासै चासो दिएको पाइदैन । अहिले माछापुच्छ«े गाउँपालिकाले पाठ्यपुस्तक व्यवस्था गरिदिएको उनले बताए ।

हिमालय प्राविका प्रधानअध्यापक माधवप्रसाद गौतमले कक्षा ३ सम्म अंग्रेजी माध्यममा पढाईरहेको बताए । एकजना एचआईभि एड्सबाट संक्रमित विद्यार्थीलाई कसैले पनि नपढाएपछि आफुले पढाएको र यसमा अँझ बढी पढाउने वातावरण र सहयोग पालिखे सरले गरेपछि अहिले विद्यालय संचालनमा सहजता आएको बताए ।

पालिखे सरबाट बिगत १० वर्षदेखि शैक्षिक सामाग्री, पोशाक, खाजाको व्यवस्था गरिदिनाले संन्चालनमा सजिलो भएको बताए । सरले विद्यालय जानका लागि पुल पनि बनाईदिएपछि विद्यार्थी तथा अन्यको लागि वारपार गर्न सहज भएको बताए । उउटा नेताले पुल हालेको भए कति भोटको राजनीति हुन्थ्यो होला तर पालिखे सरल् बनाईदिनुभयो उहाँको यो सामाजिक सेवाको लागि हामी सधैं नतमस्तक छौं, गौतमले भने ।

यसैबीच कुमुदिनी होम्सले आईतबार दुई विद्याथीलार्ई उनीहरुले प्राप्त गरेको सफलताको लागि वधाई दिदैं पुरस्कार प्रदान गरेको छ । शुक्रबार भएको आर्ट कम्पिटिसनमा दोश्रो भएकी कक्षा १० कि अविप्सा पालिखे र कक्षा ११ कि सदिक्षा राणालाई पुरस्कार प्रदान गरिएको थियो । अविप्साले भ्याकुम क्लीनर र प्रमाण पत्र तथा सदिक्षा राणाले मिक्स्चर ग्राण्डर प्राप्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0