पोखरा बैशाख २४/

राष्ट्रिय खेलाडी स्व.मोहन नेपालीको सम्झनामा दोस्रो मोहन मेमोरियल अल नेपाल नेसनल इन्टर स्कुल ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ ।प्रतियोगिता बैशाख २७ देखि ३० गते सम्म आयोजना हुने भएको हो ।

मोहन भूगोल ब्याडमिन्टन फान्उनडेसन तथा पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता हुन लागेको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जनाकारी दिइएको हो।

प्रतियोगितामा माध्यमिक,निम्न माध्यमिक बिद्यालय र यस्तै पोखरा महानगर भित्रका वडा स्तरीय महिला र पुरुष डबल्स तथा मास्टर्स डबल्सले भाग लिन पाउने संयोजक सुवर्ण गुरुङले जानकारी दिए।

प्रतियोगितामा माध्यमिक बिद्यालयको बिजेताले क्रमस ३० हजार, २० हजार र १० हजार रुपैया र वेष्ट प्लेयरले माउनटेन वाइक प्राप्त गर्ने छन् भने निम्न माध्यमिक स्तरीयले आर्कषक गिफ्ट प्राप्त गर्ने छन् । त्यस्तै पोखरा महानगरपालिका वडा स्तरीयमा क्रमस ३०हजार, २० हजार र १० हजार रुपैया प्राप्त गर्ने संयोजक गुरुङले बताए ।

प्रतियोगितामा ३सय भन्दा बढी खेलाडीहरु सहभागी हुने र उदियमान १२ बर्ष मुनिका खेलाडी देखि ५५ बर्ष माथिका खेलाडीहरुले बिभिन्न ९ बिधामा प्रतिस्पर्धा गर्ने माहासचिव बरदान ताङवे लामाले बताए । प्रतियोगिता पोखरा रंगशालामा रहेको ब्याडमिन्टन हलमा आयोजना हुनेछ ।

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0