पोखरा, १९ वैशाख/

नेपाली कांग्रेस कास्कीले आज पोखरामा बिपि “कोईरालाको मौलिक आर्थिक ढाँचा र यसको व्यवहारिक कार्यान्वयनमा नेपाली कांग्रेसको भूमिका” विषयक कार्यशाला सम्पन्न गरेको छ ।

कार्यशालामा संविधानसभाका पूर्व सदस्य शारदा पौडेल, संघीय सांसद प्रदीप पौडेल, गण्डकी प्रदेशसभा सदस्य प्रकाश वराल र सरस्वती गुरुङसहित ७६ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा डा।विश्व पौडेल र डा।रघु काफ्लेले कार्यपत्र प्रस्तुत गरेका थिए । सो कार्यपत्रमाथि विभिन्न ५ वटा समूह बनाई छलफल गरेर सुझाव संकलन गरिएको कास्की कांग्रेसका प्रवक्ता विश्वशंकर पालिखेले बताए ।

छलफलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, सांसद, नेका केन्द्रीय सदस्य प्रदीप पौडेल, पूर्वमन्त्री यज्ञ बहादुर थापा, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीलगायत सहभागि थिए ।

नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त वरालको अध्यक्षतामा भएको कार्यक्रमको सहजकर्ता सुरेन्द्रबाबु तिवारी रहेका थिए भने संचालन सहसचिव नविन सिग्देलले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0