लेखनाथ,वैशाख १९/
कास्कीको पोखरा महानगरपालिका वडा नं २६ मा रहेको खाष्टेताल किनारामा धार्मीक पर्यटनलाई प्रर्वद्धन गर्ने उदेस्यले भगवान महादेवको मुर्ति राखिने भएको छ ।
तालमा घुम्न आउने आन्तरिक पर्यटकलाई खाष्टेताल (जेष्ठी )वाराही मन्दिरको दर्शन सगै शिव भगवानको समेत दर्शन गर्न सकिने गरि ताल किनारामा रहेको कैलाश शिवपुरी पार्कमा करिव तीन फिट उचाईको महादेवको मुर्ती र महादेवको वहान नन्दी(वसाहा)को मुर्ती राखिने भएको हो ।
खाष्टेताल वाराहि मन्दिर संरक्षण समितिको आयोजना र खाष्टे न्यूरेनी ताल संरक्षण समिति साथै खाष्टेताल मत्स्य तथा कृषि सहकारी सस्थाको ब्यवस्थापनमा करिव पाँच लाखको लागतमा पार्क निर्माण गरि वैशाख १९ गते देखि २३ गतेसम्म बैद्धिक विधीपुर्वक प्राण प्रतिस्ठा गरि मुर्ति राख्न लागिएको हो ।
कालिगण्डकी किनारामा एउटै ढुगाबाट बनाईएको महादेवको मुक्तिलाई मंगलवार बाजागाजा र भजन कृर्तनका साथ सोभायात्रा गरि पार्क परिसरमा लगि रुद्री पाठ सहित धार्मीक बिधि पुर्वक पाँच दिनसम्म पुजा पाठ गरेर मुर्ति राख्न लागिएको मन्दिर संरक्षण समितिका अध्यक्ष मुत्तिनाथ अधिकारीले जानकारी दिएका छन् ।मुति निर्माणका लागि पोखरा २८ निवासी हरिराज तिमिल्सेना र श्रीमती सरस्वती तिमिल्सेनाले स्वर्गीय बुवा बृहस्पती तिमिल्सेना,आमा स्व. जमुना तिमिल्सेना र भाई स्व. भोजराज तिमिल्सेनाको स्मृतीमा मुर्ति प्रदान गरेका हुन् ।
