गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ बिहीबार नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्›राज पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुहुँदै । तस्बिरः धनबहादुर गुरुङ÷रासस

पोखरा बैशाख १४/
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएको छ । प्रदेशप्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम पाण्डेलाई मुख्यमन्त्रीमा आज नियुक्त गर्नुभएको हो ।

कांग्रेसका २७, नेकपा ९माओवादी केन्द्र०का सात र एक स्वतन्त्रसहित ३५ प्रदेशसभा सदस्यको समर्थन जुटाएर नेता पाण्डेले मुख्यमन्त्रीमा आजै दाबी पेस गर्नुभएको थियो ।

मुख्यमन्त्रीमा नियुक्त पाण्डे गोरखा–२ ९२० बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । विश्वासको मत गुमाउँदै एमाले नेतृत्वको सरकार ढलेपछि यहाँ नयाँ गठबन्धन सरकार बनेको हो । मुख्यमन्त्रीको शपथ शुक्रबार हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0