पोखरा बैशाख १२/
२०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्र बिन्दु भएर गएको भूकम्पको सम्झनामा पोखरामा सचेतना कार्यक्रम आयोजना गरिएको छ ।पृथ्बीनारायण क्याम्पस स्नातक तह भूर्गभशास्त्र बिभाग र जियो सर्कलको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
भूकम्पको बारेमा सचेतना फैलाउन, गए पछि बच्ने उपायहरु के के हुन्छन् त्यो बारेमा जानकारी गराउन एबम् घर निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरुको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पृथ्बीनारायण क्याम्पस जियो सर्कलका अध्यक्ष सनमुन आर्चले बताउनुभयो ।
पृथ्बीनारायण क्याम्पस जियोलोजि बिभागका कार्यक्रम संयोजक एबम् एसोसिएट प्रोफेसर दुर्गा खतिवडाले मान्छेले भूकम्प बिर्सिए पनि भूकम्पले भने बेलाबेला सम्झाइ रहेको बताउदै सचेतरहनु पर्ने बताउनुभयो ।
पृथ्बीनारायण क्याम्पस जियोलोजि बिभागका प्रोफेसर नवराज पराजुलिले २०७२ सालको भूकम्पले सुरक्षित र बलिया घर÷भवन बनाउनुपर्छ भन्ने चेतना केही बढेको बताउनुभयो । यस्ता सचेतना कार्यक्रम समय,समयमा हुनु पर्नेमा उहाँको जोड रहेको थियो ।
उक्त अवसरमा सचेतना ¥याली समेत निकालिएको थियो ¥याली पृथ्बीनारायण क्याम्पस बाट शुरु भएर नदिपुर, अर्चबोट,बिन्दावासीनी हुदै पुन पृथ्बीनारायण क्याम्पसमा पुगेर समापन भएको थियो । ¥यालीमा ४० जना बिद्यार्थीको सहभागिता रहेको थियो । यस्तै साझँमा गोरखाका भूकम्कमा दिवगत भएका हरुको सम्झनामा दिप प्रज्वलन समेत गरिएको थियो ।
