वैशाख १३ पोखरा ।

पोखरा ११ फूलवारीमा रहेको शिवशक्ति माध्यमिक विद्यालयमा विद्यार्थीको आर्कषण बढ्न थालेको छ । यो वर्षको विद्यालय भर्ना अभियानलाई सशक्त रुपमा अगाडि बढाएको विद्यालयमा हालसम्म ४० जना नयाँ विद्यार्थी भर्ना भएको प्रधानध्यापक शम्भुराज बाँस्तोलाले बताउनुभयो । विभिन्न कक्षाका लागि उनीहरु प्रवेश परिक्षा दिएर भर्ना भएको उहाँले खुलाउनुभयो ।

हालै विद्यालयमा शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समितिको संयुक्त बैठक शैक्षिक अवस्थालाई सुधार गर्नका लागि २१ बुँदे आचारसंहिता जारी गरेको थियो । जसको प्रतिफल स्वरुप विद्यालय प्रति विद्यार्थी तथा अभिभावकको आर्कषण बढ्न थालेको विद्यालयले जनाएको छ । नर्सरी बाट १० सम्म अग्रेजी माध्यममा पढाइ हुने विद्यालयले प्रविधिलाई समेत आत्मसाथ गर्दै अब अगाडि बढिरहेको जनाएको छ ।


तालीम प्राप्त शिक्षक शिक्षिकाबाट अध्यापन गराइनुका साथै कम्प्युटर शिक्षा, गरिब जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको सुविधा, प्रशस्त खेलकुद मैदान,यूरो गार्ड बाट खानेपानी को सुविधा, बिज्ञान प्रयोगशाला को सुविधा, राम्रो लाईव्रेरीको सुविधा, बालबाटिका कक्ष एवं बालबाटिका पार्क, युवा रेडक्रस सर्कल गठन र स्काउट गठन समेत भएको कारण समेत अभिभावक तथा विद्यार्थीको ध्यान खिच्न थालेको विद्यालयका खेलकूद शिक्षक रामचन्द्र बास्तोलाले बताउनुभयो । विद्यालयले नर्सरीबाट कक्षा ६ सम्मका विद्यार्थीलाई खाजाको व्यवस्था समेत उपलब्ध गराउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
0