पोखरा ११ बैशाख/
इन्टनेशनल नेपाल फेलोसिप नेपाल (आइएनएफ) नेपालको आयोजनामा बिपद् ब्यवस्थापनको लागि पुर्व तयारी स्वरुप ४ दिने तालिम पोखरामा सोमबारबाट शुरु भएको छ ।तालिमको सहजकर्ताको रुपमा एनसेट बाट करुणानिधि भट्टराई र आइएनएफका डि आर आर ए सिसि ए एबम् संयोजक हरिबन्धु अर्याल रहनुभएकाे छ ।

तालिमको उद्घाटनको अवसरमा आफ्नो भनाई राख्दै आइएनएफका कार्यकारी निर्देशक कृष्ण अधिकारीले तालिममा बिषेष गरेर बिपद् सगँ सम्बन्धीत कुराहरुमा छलफल हुने बताउनुभयो । बिपद् के हो,नेपाल सरकारले बिपद् ब्यवस्थापनमा बनाएका नितिहरु के के छन् त्यो बारेमा तालिमा छलफल हुने उहाँले बताउनुभयो ।

आइएनएफ नेपाल हरियो खर्रकका मेसु डा. सुमन तामाङले बिपद् पर्दा समुदायमा गरिने कार्यहरु के–के हुन त्यो बारेमा छलफल हुने बताउनुभयो । उहाँले त्यसलाई ब्यवाहारमा ल्याउनको लागि तालिम सँगै अभ्यासको लागि कुनै समुदायमा पनि पुग्ने योजना रहेको जानकारी दिनुभयो ।

आइएनएफ नेपालका ज्योतिबहादुर क्षेत्रीले तालिम पश्चात स्थानिय सरकारले बनाउने बिपद्को योजनमा मद्दतगर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो ।नेपाल बिपद्को हिसावले जोखिम पुर्ण अवस्थामा रहेको हुदा त्यसको तयारी स्वरुप कार्यक्रम आयोजना गरिएको आइएनएफ नेपालका संयोजक ताराहाङ तावा लिम्बुले बताउनुभयो ।तालिममा आइएनएफ नेपालमा कार्यरत ३० जनाको सहभागिता रहेको छ । उहाँहरु जुम्ला,मुगु,कालिकोट,बाजुरा,र्सुखेत,बाँके,दाङ,रोल्पा,कपिलवस्तु र हरियोखर्क अस्पतालमा कार्यरत कर्मचारीहरु रहनुभएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0