पोखरा बैशाख ११/ 
ऐतिहासिक धार्मिक एवं पर्यटकीय महत्व बोकेको सराङकोटको समग्र विकाशमा योगदान पु¥याई विश्व समुदाय सामु यस भूमिलाई थप परिचित तुल्याई पर्यटन क्षेत्रको विकाशको माध्यमद्धारा स्थानीय बासिन्दा लगायतको आर्थिक स्थितिमा सुधार ल्याउने अभिष्ट बोकी यस धार्मिक समितिको संस्थापना भई सोही बमोजिमका क्रियाकलाप संचालन गरिआएको छ । सोही क्रममा पूर्वाधार निर्माण सम्वन्धी चरणवद्ध योजना संचालन गर्न गैईरहेको छ ।
उद्देश्य
कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १८ स्थित सराङकोट पर्यटकिय एवं धार्मिक स्थलको रुपमा अवस्थित रहेको र यस स्थललाई भौतिक रुपमा सुविधा सम्पन्न बनाउदै उक्त क्षेत्रमा रहेको परापूर्वकालमा पुर्खाहरुबाट स्थापित मठ मन्दिरको संरक्षण र सम्वद्र्धन गर्दै धर्म र संस्कृतिको रक्षा गरी गुठीको जग्गा मन्दिरको संरक्षण गरी नियमित पूजाआजा धर्मप्रति आस्था विश्वासलाई मानव समाजमा समर्पित गरी धर्मको रक्षा गर्न गराउनका लागि एवं सामाजिक तथा पर्यटन विकाशको लागि संगठित र शशक्त रुपमा कार्य गर्ने ।
सराङकोटको अवस्थिति
माछापुच्छ्रे अन्नपूर्ण तथा धौलागिरीको काखमा अवस्थित समुन्द्र सतहदेखि ११९२ मिटर उचाईमा रहेको पर्यटकीय नगरी पोखराको पश्चिमी भागमा रहेको सराङकोट नेपालका शाहवंशीय राजाहरुका पूर्खा कूलमण्डन शाहको गृष्मकालीन राजधानीको रुपमा ऐतिहासिक रुपले परिचित छ । पोखरा महानगरपालीका वडा नं. १८ मा रहेको सराङकोट (तत्कालीन सराङकोट गाउमा विकास समिति) जुन हाल उत्कृष्ट पर्यटकीय गन्तव्य स्थलको रुपमा विश्वमा नै प्रख्यात रहेको छ ।

सराङकोट नामाकरणको ऐतिहासिक आधार
कास्कीकोटका राजाहरुको पूर्खा कूलमण्डन शाहको गृष्मकालीन राजधानी सराङकोट ऐतिहासिक रुपले परिचित छ ।इतिहास पल्टाएर हेर्दा सराङकोटमा शाहवंशकी कुलदेवी भूमेकालीकाको पुजाआजा हुंदा तत्कालीन राजाहरुले भूमेकालीको नियमित पूजाको लागि धेरै राजगुठीको प्रवन्ध गरेका रहेछन् यसबाट सराङकोट शाहकालीन राजाहरुको गृष्मकालीन राजधानी रहेको थप स्पष्ट हुन जान्छ ।

हाल पनि शाहकालीन राजाद्धारा निर्मित कुंवा जिर्ण अवस्थामा रहेको छ र सो संरक्षणको पर्खाईमा रहेको छ । सराङकोट डाडाँ शाहकालीन राजाहरुको जमरा सेलाउने स्थान थियो ।शाहकालीन राजाहरुको गृष्मकालीन दरवारको अगाडि सम्योचौर थियो । जहाँ अहिले दुई तल्ले प्यागोडा शैलीमा तामाले छाएको “श्री कैैलालेश्वर महादेवको मन्दिर” को निर्माण भै दर्शनको लागि खुल्ला गरिएको छ । नव निर्मित कैलालेश्वर महादेवको मन्दिरको अगाडिको भागमा राजा र राजपरिवारको सुरक्षार्थ खटिएका सेनाको रणकौसल देखाउने उपयुक्त ठाउंm रहेको भन्ने कथन रही आएको छ ।

वडादशै तथा चैते दशैको अवसरमा फुलपातिको दिनमा सेनाहरुबाट ढाल तरवारको कौशलता प्रदर्शन गर्ने गरिथ्यो भन्ने गरिन्छ । जुन खेललाई तत्कालीन समयमा “सरुन” भनिन्थ्यो । कास्की दरवारमा अझै पनि कुंवर क्षेत्रीहरुले ढाल तरवारको खेल देखाउने गर्दछन् । यसबाट उक्त क्षेत्रमा कुंवर क्षेत्रीहरुको वाहुल्यता रहेको स्पष्ठ बुझन सकिन्छ ।कास्कीकोट क्षेत्र भित्र बसोवास गर्ने कुंवर क्षेत्रीहरुले परम्परालाई जोगाउन्े क्रममा सराङकोट महोत्सवमा सरुन खेलको प्रदर्शन गर्दथे ।

कुवंरहरले खेल्ने सरुन खेल रोचक एंव होसियारी पूर्वक खेलीने खेल भई प्रसिद्धि पाएको थियो । जसलाई यस स्थानको गौरवको रुपम लिने गरिन्छ । सरुन अपभ्रंश भई सराङ हुन गयो र कोट (जसको अर्थ डाडाँ हुन्छ) थपिन गई सराङकोट नामाकरण हुन गयो ।प्रारम्भिक अर्थात चारसय बर्ष पहिले उक्त शैनिकहरुको रण कौशल खेल देखाउने स्थान जेल मात्र थियो । सो खेलको प्रवध्र्दन र सम्वध्र्दन गर्नु आजका आवश्यकता रहि आएको छ ।

हालको अवस्था र संस्थाले लिएको अभिष्ट
सुन्दर नगरी पोखराको पश्चिमी भागमा रहेको सराङकोट ऐतिहासिक महत्व बोकेको स्थान रहेको एवं हिमालय, ताल, सूर्योदय र सूर्यास्तको मनोरम दुष्यावलोकनको लागि एक आकर्षक गन्तव्य स्थलको रुपमा रहि विश्वसामू उत्कृष्ट पर्यटकीय गन्तव्य स्थलको रुपमा परिचित छ ।

यस क्षेत्रको विकाशको लागि पोखराको सेदिवगर देखि सराङकोट जोड्ने गरी २.२ कि.मी. दुरीको केवलकार सेवा निजी क्षेत्रबाट संचालनमा ल्याईएको छ, जसबाट दैनिक ५०० देखि १००० जना पर्यटकले सेवा लिई आएका छन् । केवलकार सेवा संचालनमा आईसकेपछि सराङकोट क्षेत्रमा स्टार लेभलका होटेल संचालनमा आएका छन फलस्वरुप स्थानीयले रोजगारी पाई स्थानीयको आर्थिक स्थितिमा सुधार आएको छ । प्याराग्लाइडिङ सेवा (जुन पर्यटकको रुचीको विषय हो) संचालन गर्ने उत्कृष्ट स्थल सराङकोट क्षेत्र रहि आएको छ । दैनिक ५०० देखि ७०० उडान भरि आएको प्याराग्लाडिङ सेवाले यस क्षेत्रको आर्थिक गतिविधिलाई क्रियाशिल तुल्याइ आएको छ । स्थानीय श्रोत र साधनको सदुपयोग गरी पूर्वाधार निर्माण गर्दै जाने शिलशिलामा कैलाशेश्वर महादेवको मन्दिर निर्माण गरी संचालनमा ल्याउने क्रममा छ ।

आजको अवस्थामा अर्थात थप पूर्वाधारको निर्माण नभैसकेको अवस्थामा स्थानीय निकाय पोखरा महानगरपालिकाले ठेक्कामा संचालनमा ल्याएको भ्यू टावर संचालन बाट वार्षिक २० लाख देखि ३० लाख आय आर्जन गरि आएकोमा थप पूर्वाधार निर्माण भएको खण्डमा उल्लेख्य मात्रामा पोखरा म.न.पा. को आम्दानीमा वृद्धि हुने देखिन्छ ।

यस क्षेत्रको विकाशको लागि पूर्वाधार निर्माणमा ध्यान दिनु आजको आवश्कता रहि आएको छ । यस क्षेत्रलाई थप आकर्षक बनाई स्वेदेशी तथा विदेशी पर्यटक आगमनमा वृद्धि ल्याई पर्यटन क्षेत्रको विकाशको माध्यमबाट समग्र नेपालको अर्ततन्त्रमा योगदान पु¥याउने एवं यस क्षेत्रको विकासको माध्यमबाट स्थानीय जनताको आर्थिक स्थितिमा सुधार ल्याउनु जरुरत छ । यस क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने लक्ष्य लिई पूर्वाधार निर्माणमा सहयोग गर्ने अभिप्रायले पोखरा महानगरपालीकाले करीव ५५ रोपनी सार्वजनिक जग्गा उपलब्ध गराउने भएको छ।विश्व सम्पदा सूचीमा सुचिकृत भएपश्चात पो.म.न.पा. लगायत सम्वद्ध सम्पूर्ण पक्ष यसबाट लाभान्वित हुनेछन् ।सराङकोट विकाशका लागि पूर्वाधार निर्माणको चरणवद्ध योजना  ।

यस क्षेत्रलाई थप आर्कषक गन्तब्य स्थलको रुपमा विकास गर्न पोखरा महानगरपालिकाले उपलब्ध गराउने करिव ५५ रोपनी जग्गामा देहायवमोजिम पूर्वाधार निर्माण गरिने छ ।
१. ४८ फिट अग्लो पंचमुशी गणेशको मूर्ति निर्माण गरी स्थापना गर्ने ।
२ं पुरातात्वीक महत्वका वस्तुहरुको संरक्षण गर्न संग्रहालय निर्माण गर्ने ।
३. भूमेकालीको मन्दिर निर्माण गरिनेछ ।
४. भक्तजनका लागि सत्तल निर्माण गरिने एवं १०८ धारा निर्माण गरिनेछ ।
५ .लिफ्ट जडित सुविधा सम्पन्न भ्यूटावर निर्माण गर्ने ।
६. वर्षातको पानी संग्रह गर्ने ट्याङकी निर्माण गर्ने ।
७. शुन्दर र मनोरम वगैंचा निर्माण गर्ने ।
८. सार्वजनिक सुविधा सम्पन्न शौचालय निर्माण गरिने छ ।
९. पहुँच मार्ग निमार्ण गर्ने ।

स्थान विशेषको विकाशले चौतर्फी विकाशलाई मदत पु¥याउने गर्दछ र विकाश आर्थिक वृद्धिको मुल आधार रहि आएको छ । स्रोत : अन्नपूर्ण केवलकार पोखरा सेदी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0