पोखरा बैशाख ११/
आत्महत्या रोकथाम सहयोग समिति पोखरा महनगरपालिका स्तरीय समिति र पोखरा महानगरपालिका वडा २५ को समितिलाई एक दिने तालिम प्रदान गरिएको छ । मानसिक स्वाथ्यको क्षेत्रमा काम गदै आइरहेको सस्था कोशिशको सहयोगमा निमार्ण गरिएका समितिलाई आइतबार तालिम दिइएको हो ।तालिममा सहयोग समिति अन्तरर्गत जनप्रतिनिधि,महिला स्वयमसेविका,स्वस्थयकर्मी र पत्रकारको सहभागिता रहेको थियो ।
तालिमको सहजिकरण गदै राष्ट्रिय अपाङमहासंघ गण्डकी प्रदेशका अध्यक्ष खोम राज शर्माले वकालत कसरी गर्ने भन्ने बारेमा कार्यपत्र प्रस्तुत गरे । वकालत योजना बद्ध हुनु पर्नेमा उनको जोड रहेको थियो । मनोसामाजिक अपाङगतामा कानुन भए पनि बिभेदकारी भएकाले त्यसलाई संसोधन गर्नुपर्ने उनको भनाई रहेको थियो ।कोशिशका परियोजना संयोजक सुदिप घिमिरेले मनोसामाजिक अपाङगता र आत्महत्याको रोकथाम को निम्ती निर्माण कानुन रणनितिको बारेमा चर्चा गरे ।मनोबिद बिजय राईले प्राथमिक मनोबिज्ञानको बारेमा चर्चा गरे। उनले उदासिनता के हो, किन हुन्छ भन्ने बारेमा कार्यपत्र प्रस्तुत गरे ।
सोहि कार्यक्रम मार्फत दुबै आत्महत्या रोकथाम सहयोग समितिलाई पुर्नगठन समेत गरिएको छ ।पुर्नगठित सहयोग समिति अन्तरगर्त शहरी स्वाथ्यकेन्द्र वडा ५का आषिक सुबेदीको संयोजकत्वमा महानगर सहयोग समितिको सल्लाहकार सहित १३ जना सदश्य रहेका छन् । त्यस्तै वडा २५ को हेमजाका स्वथ्यचौकि प्रमुख कुस्मराज सुवेदीको संयोजकत्वमा सल्लाहकार सहित १८ जना सदश्य रहने गरि पुर्नगठन समेत गरिएको हो ।
