?????? ???????? ???????????? ????? ??????? ?????? ????????? ?????? ??????????? ????????? ???? ???? ???????? ???????? ??????????? ??????: ????? ????? / ????

पोखरा बैशाख ९/
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न सक्नुभएन ।

प्रदेशसभाको आजको बैठकमा प्रदेशसभामा विश्वासको मतका लागि उहाँले गर्नुभएको प्रस्ताव सभामा बहुमतले अस्वीकृत भएको हो । उहाँले गर्नुभएको विश्वासको मतको प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत खसेको थियो । प्रस्तावका पक्षमा नेकपा ९एमाले०का २२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई जनाले मतदान गर्नुभएको थियो । विपक्षमा नेपाली कांग्रेसका २७, नेकपा ९माओवादी केन्द्र०का सात र स्वतन्त्र एक गरी ३५ मत गरेको थियो । ६० सदस्यीय गण्डकी प्रदेशसभामा माओवादीका आठ जना सभा सदस्यमध्ये एक सभामुख रहनुभएको छ ।

मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाएसँगै गण्डकीमा अब अर्को सरकार बन्ने छ । अब संविधानको धारा १६८ को ३ अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्नेछ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा २७ जना प्रदेशसभा सदस्य रहेको नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0