पोखरा ४ बैशाख/
लागुऔषध प्रयोगकर्ताको क्षेत्रमा काम गर्दै आइरहेको संस्था रिकभरिङ नेपालले सोमबार पोखराका पत्रकाहरूसँग अन्तरक्रिया गरेको छ ।
कार्यक्रममा बोल्दै रिकभरिङ नेपाल गण्डकी प्रदेशका अध्यक्ष बिकास बरुवाल क्षेत्रीले प्रदेश र महानगरले बजेट छुट्याएपनि बजेट प्रभावकारी नभएको गुनासो गर्नुभयो । पुनःस्थापना तथा उपचार कार्यक्रमहरु स्वास्थ मन्त्रालय वा सामाजिक मन्त्रालय अन्तर्गत रहनु पर्ने आफुहरुको माग रहेको उहाँको भनाई थियो ।
लागुपर्दाथ सम्बन्धी समस्यालाई स्थानीय र प्रदेशको निकायले पनि हेर्नु पर्ने अध्यक्ष क्षेत्रीको भनाई थियो । लागुपर्दाथ प्रयोगकर्ताहरुको सेवा तथा ब्यवस्थापनमा आवश्यक तालिमको ब्यबस्था हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
माहिला लागु पर्दाथ प्रयोगकर्ताहरुको लागि विशेष नीति तथा कार्यक्रम आवश्यक रहेको कार्यक्रम संयोजक चेतन मल्लले बताउनुभयो । लागुऔषधको क्षेत्रमा हाल गण्डकी प्रदेशमा १९ वटा संस्थाले सेवा दिइरहेको र सेफ द चिल्डे«न सँग समन्वय गरेर रिकभरिङ नेपालले काम गरिरहेको उहाँको भनाई थियो ।
सन् २००४ मा स्थापना भएको संस्थाले लागुऔषध प्रयोगकर्ताहरुको स्वास्थ र मानव अधिकारको सुनिश्चिताको क्षेत्रमा काम गदै आइरहेको छ । नेपाल भर रिकभरिङका १६० पु्नस्र्थापना केन्द्ररु आबद्ध सहित सातै प्रदेशमा प्रादेशिक कार्यहरु मार्फत सेवा दिइरहेको छ ।
