पोखरा चैत्र २८/
राष्ट्रिय दलित आयोगले गरेका बिभिन्न प्रगति बिबरण तथा समाजमा घटेका जातिय बिभेद तथा अन्य घटनाको बारेमा कास्की जिल्लामा प्रमुख निकाय समक्ष पेस गरेको हो ।

राष्ट्रिय दलित आयोगका सदश्य माननिय सुन्दर पुर्कोटी लगाएतको फेडो कास्कीको टोलिले प्रदेश प्रमुखको कार्यलय,जिल्ला समन्वयन समिति,तथा जिल्ला प्रसासन कार्यलयमा पुगेर भेटघाट,तथा अन्य छलफल गरेको फेडो कास्कीका संयोजक इश्वरी बिकले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले नागरिकता तथा अन्य जातीय बिभेदका घटनामा राम्रोसगँ कार्य गर्ने बताउनुभयो ।जिल्ला समन्वयन समितिका प्रमुख लिलाधर पौडेलले बनेका कानुन लाई प्रभावकारी रुपमा कार्यनवयन हुनु पर्नेमा जोड दिनुभयो ।

दतिल महिला संघ कास्कीका कार्यक्रम संयोजक इश्वरी बि।कले दलित जनप्रतिनिधिहरु लाई वडा स्तरीय योजना र दलित मैत्री बतावरण बनाउन अझै पनि कन्जुस भएको भन्दै प्रमुख जिल्ला अधिकारी प्रहरी प्रमुख तथा डिएसपि समक्ष ध्यान आर्कषण गराउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0