पोखरा, २३ चैत्र/
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मनोसामाजिक स्वास्थ्यको सेवा थप गर्न माग गरिएको छ । अस्पतालमा मनोसामाजिक तथा मानसिक स्वास्थ्य सेवा बहिरंग मात्र रहेकाले उक्त सेवा लिन जाने सेवाग्राहिहरुलाई भर्ना गरेर राख्नु परेमा त्यो सुबिधा नभएको हुदाँ उक्त सुबिधा थप गर्न माग गरिएको हो ।बिहिवार पोखरामा रहेका बिभिन्न अधिकारवादी, सामाजिक, संघ(संस्थाको टोलिले संयुक्त रुपमा ज्ञापन पत्र मार्फत अस्पतालका प्रमुख डा। भरत खत्री समक्ष ज्ञापन पत्र पेस गर्यो ।

ज्ञापन पत्र बुझाउनेहरुमा मनोसामाजिक अपाङ्गतामा रहेकाहरु ब्यक्तिहरुमा अर्जुन सुनार, रामचन्द्र अधिकारी,आन्नद पौडेल, जायकृष्ण पोख्रेल,अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका शिव खकुरेल, कोशिशकी रक्षिता लामिछाने र युमाया थापा, कोपिला नेपालका भुवन सापकोटा र  तुलसी राई, , शक्ति समूहका बिन्धु आर्चाय, थ्रियनजल नेपालका रमेश पाण्डे,सिविन नेपालका शंकर नेपाली, मनेसााजिक अपाङ्गतामा रहेको ब्यक्तिको परिवारको तर्फबाट सृजना परियार र सिता सुवेदी रहेका छन् ।

ज्ञापन पत्रमा अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार ऐन २०७४ खण्ड ७ को दफा ३५ मा मानसिक तथा मनोसमाजिक स्वास्थ्य समस्या भएका ब्यक्तिहरुको उपचारको ब्यवस्था गर्नुपर्ने प्रावाधान रहेको उल्लेख छ । सो अस्पतालमा मनोसामाजिक तथा मानसिक स्वास्थ्यको अन्तरंग र बहिरंग दुबै सेवालाई प्राथमिकता दिनुपर्ने उनिहरुको माग रहेको छ ।

हाल उक्त सेवा सुबिधा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा नहुँदा नीजि अस्पतालहरुमा जानुपर्ने तथा मानव सेवा आश्रम, पुनस्र्थापना केन्द्रमा जान बाध्य रहेको ज्ञापन पत्रमा उल्लेख छ ।ज्ञापन पत्र बुझदै अस्पतालका प्रमुख डा।भरत खत्रिले मागप्रति सकारात्मक रहेको बताउदै हाल दिइरहेको सेवा सुबिधालाई थप प्राथामिकता दिदै ब्यवस्थित गर्ने बताए । उनले अस्पतालमा छुट्टै भवन नै बनाएर सेवा प्रदान गर्न लागिएको बताउदै हाल बजेट अभावमा सो प्रक्रिया नै अगाडि बढ्न नपाएको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0