पोखरा, १९ चैत/
आईएनएफ नेपाल हरियोखर्क अस्पताल पोखराको आयोजनामा गोरखामा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।बारपाक सुलीकोट गाउँपालिकामा १ स्वास्थ्यचौकीमा छालारोग र वडा नं। ६ सूर्यज्योति माविमा निशुःल्क छाला तथा नसा सम्बन्धि शिविर भएको हो । शिविरबाट २४३ छाला र हाड जोर्नी तथा नसाका ४३० गरी ६७३ जना बिरामी लाभान्वित भए ।

कार्यक्रममा गोरखा स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख नरजङ्ग मल्ल ठकुरी, नेत्रहिन संघ गोरखाका अध्यक्ष पवन बस्नेत, आई एन एफ नेपाल हरियोखर्क अस्पतालका संयोजक ताराहाङ्ग तावा, वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा। दिवस कटुवाल, छालारोग विशेषज्ञ डा।नम्रता बस्नेत, फिजियोथेरापिस्ट प्रेम बस्याल तथा स्थानीय स्वास्थकर्मीको सहयोगमा शिविर सञ्चालन भएको स्वास्थ्य शाखा प्रमुख कृष्ण भट्टले जानकारी दिए ।कार्यक्रममा कृतिम अङ्ग तथा प्रत्यारोपण प्राबिधिक डिबि थापाले ८८ जना लाई आवश्यक अनुसारको सामग्री बितरण गरिएको बताउनुभयो ।

शिविर सञ्चालन अघि एक दिने कुष्ठरोग पहिचान सम्बन्धि गोष्ठी समेत आयोजना गरिएको थियो । कार्यक्रम गर्नुको उदेश्य कुष्ठ रोग निर्मूल बनाउने र अपांगता भएकाहरुलाई विकासको मूलधारमा ल्याउनु रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0