पोखरा १८ चैत/
अन्तर बटालीयन भूतपूर्व भलिबल च्याम्पियनसिपको उपाधि फाइभ थ्री जीआरले जितेको छ ।भारतीय दूतावास, भारतीय पेन्सन क्याम्प रामबजार पोखराको आयोजनामा भएको भलिबलमा शनिबार थ्रि नाइन जीआरलाई २५–२३, २३–२५, २५–१८ र २५–१९ को सेटमा पराजित गर्दै उसले उपाधि जितेको हो ।
उपाधिसँगै फाइभ थ्री जिआरले नगद रु ४० हजार, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । थ्री नाइन जीआर दोस्रो हुँदै नगद २५ हजार, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । विजयी टिमलाई कार्यालय प्रमुख ले.कर्नल प्रशान्तसिंह बघेललगायतले पुरस्कार वितरण गरे ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियोे । प्रतियोगिताको प्रथम पुरस्कार नेपाल एसबिआई बैंक तथा दोस्रो पुरस्कारको प्रायोजन ऐभरेष्ट बैंकले गरेको थियो ।कार्यक्रममा भूपु सैनिकहरुको उल्लेख सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1
