पोखरा चैत्र १४/
पोखराको शिवचोकमा रहेको अन्नपूर्ण बाल तथा महिला अस्पतालमा बालबालिकाहरुको लागि निशुल्क स्वास्थ शिविर आयोजना भएको छ । मंगलबार अस्पताल परिसरमा आयोजना भएको सो शिविरमा पोखरा १४ मा रहेको ज्ञान गंगा स्कुलका १ सय २० जना बालबालिका लाभान्वित भएका छन् ।
उनिहरुको जनरल चेक अप अन्तर्गत दाँत, आँखा र कानको चेकअप गरिएको हो । डाक्टरहरु नवजात शिशु तथा बालरोग बिशेषज्ञ डि।एम राजन पौडेल, डा।बिद्यान घिमिरे सुगर प्रेसर तथा तथा थाइराइड रोग बिशेषज्ञ डा।अशोक तिवारीले चेक जाँच गर्नुभएको हो। बालबालिकाको साथमा उनिहरुका अभिभावको पनि चेकजाच गरिएको थियो । अस्पतालका अध्यक्ष विश्व घिमिरेले अस्पतालले सामाजिक काम गर्ने उद्धेश्य अनुसार बिद्यायका बिद्यार्थीको स्वाथ्य परिक्षणको आयोजना गरिएको बताउनुभयो ।
अस्पतालले सामाजिक उत्तरदायित्व अन्तरर्गत भित्र रहेर शिविर आयोजना गरेको अस्पतालका निर्देशक सन्तोष पाण्डेले बताउनुभयो। अगामी दिनमा पनि अस्पतालले शिविरहरु आयोजना गर्दै जाने योजना रहेको उहाँको भनाई थियो ।अस्पतालले छिटो छरितो एवम् गुणस्तरीय सेवा उपल्ब्ध गराउँदै आएको पाण्डेले जानकारी दिनुभयो । २०७४ सालमा स्थापना भएको अस्पतालले स्थापनाकाल देखि नै बालबालिका तथा महिलाहरुको लागि गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।
