पोखरा १४ चैत्र/
नेपाल बैंक लिमिटेडको पोखराको लेकसाइडमा ८ औं शाखा बिस्तार गरेको छ । पोखरा ६ लेकसाइड बाराहीचोकमा मंगलबार एक कार्यक्रमको आयोजना गरी शाखाको उद्घाटन गरिएको हो ।
शाखाको पोखरा महानगरपालिकामा मेयर धनराज आचार्यले उद्घाटन गरे । मेयर आचार्यले बिस्तारित शाखाले पोखरा भित्रको आर्थिक क्रियाकलापमा थप सहयोग पुग्ने बताए । पर्यटकीय क्षेत्र लेकसाइडमा भएको शाखा बिस्तारले सो क्षेत्रमा रहेका पर्यटकीय आर्थिक गतिबिधिमा सहयोग पुग्ने उनको भनाई थियो। उनले पछिल्लो समय सहकारीको क्षेत्रमा समस्या देखा परेको बताउदै त्यसमा राष्टबैंकले अनुगनम र निमयन गर्नुपर्ने बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कष्णबहादुर अधिकारीले नेपालको आर्थिक उन्नितका लागि बैंकको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।बैंकमा ५१ प्रतिशत नेपाल सरकारको र ४९ प्रतिशत सर्बसाधारणको लगानी रहेको उनको भनाइ थियो । बैंक नाफा मुखि भन्दा पनि सेवा मार्फत अगाडि बढेको उनले जनाए ।
नेपाल राष्ट्रबैंक पोखरा कार्यालय प्रमुख आर्य जोशीले बैंकिङ क्षेत्रमा शाखा बिस्तार सँगै सेवा सुबिधामा पनि ध्यान दिन आग्रह गरिन् । कोभिड पछाडि अस्तब्यस्त बनेको अर्थतन्त्रमा पछिल्लो समय सुधार उन्नमुख रहको उनको भनाई थियो ।नेपाल बैंक प्रादेशिक कार्यलय पोखरा प्रमुख सचिता पराजुलीले शाखा बिस्तारले कार्यसम्पादनमा उल्लेख सहयोग पुग्ने बताइन् ।
पुर्व कर्मचारी संघका अध्यक्ष राजेन्द्रमान श्रेष्ठले बिगतमा अहिले जस्तो सहज बैंकिङ प्रणाली नभएको बताए । कठिन परिस्थ्तििका बाबजुद पनि बैंकले सफलता प्राप्त गरेको बताए । लेकसाइड शाखा प्रमुख सिता रानाले लेकसाइड पर्यटकीय केन्द्र पनि भएकाले बैंकको शाखा स्थापना सँगै थप सेवाग्राहीहरूको लागि शाखा बिस्तारले सहयोग पुग्ने बताइन् ।
पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बिष्णुबहादुर भट्टराईले बैंकले शाखा बिस्तार गरे सँगै पर्यटकीय क्षेत्र लेकसाइड भएको हुँदा वरपर रहेका पर्यटकीय संरचनामा समाजिक उत्तरदायित्व बहन गर्न समेत आग्रह गरे ।
वि.सं.१९९४ मा स्थापना भएको बैंकका हाल देशभरी २ सय २८ वटा शाखा रहेका छन् । त्यस्तै गण्डकी प्रदेशमा ३० शाखा र पोखरामा ८ वटा शाखा रहेको बैंकले जनाएको छ । पोखरामा १० वटा एटिएम बुथ मार्फत बैंकले सेवा प्रदान गर्दै आइरहेको छ ।
