पोखरा ११ चैत्र /
पञ्चाङ्ग ज्योतिष तथा संस्कृत भाषा प्रशिक्षण बाट १८ जना लाभान्बित भएका छन् ।कास्कीको मादी गाउँपालिका वडा नः ५ चितेपानीमा गएको चैत्र १ गते बाट शुरु भएको गाउँपालिका स्तरीय पञ्चाङ्ग ज्योतिष तथा संस्कृत भाषा प्रशिक्षण कार्यक्रम चैत्र १० गते सकिएको हो ।
समापन कार्यक्रममा बोल्दै मादी गाउँपालिका प्रमुख देबिजगं गुरुङले लोभ हुदै गएको धर्म संस्कृती जोगाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो । उहाँले दोस्रो चरणमा यस्ता कार्यक्रम आयोजना भएको खण्डमा गाउँपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
मादी गाउँपालिकाका वडा ५ का वडा अध्यक्ष हुमनाथ अधिकारीले आगामी दिनहरुमा पनि यस्ता संस्कृती जोगाउने कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रशिक्षार्थीको तर्फबाट नारायणप्रसाद बजगाई र चिरञ्जीबी पौडेलले १० दिने पञ्चाङ्ग ज्योतिष तथा संस्कृत भाषा प्रशिक्षणले यो क्षेत्रको बारेमा जान्ने अबसर प्राप्त गरेको बताउनुभयो आगामि दिनमा पनि यस्ता कार्यक्रमहरु लाई निरन्तरता दिनुपर्नेमा उनिहरुको जोड रहेको थियो ।कार्यक्रमको प्रशिक्षण र सहजिकरणको रुपमा भिमनाथ कुइकेल र नारायाणप्रसाद सुबेदी गर्नु भएको हो ।
संस्कृत भाषा तथा रुद्री चन्डीकाको बारेमा किरण न्यौपाने गुरुले सहजिकरण गर्नुभएको थियो ।प्रशिक्षण कार्यक्रममा प्रशिक्षार्थीहरुलाई पञ्चाङ्ग सम्बन्धी बिषयमा केन्द्रीत गराउने र संस्कृत भाषाको बारेमा जानकारी दिने उद्धेश्य रहेको अध्यक्ष इमनाथ अधिकारीले बताए ।
कार्यक्रमका प्रमुख अतिथि मादि गाउँपालिका प्रमुख देबिजगं गुरुङ र मादी गाउँपालिकाका वडा ५ का वडा अध्यक्ष हुमनाथ अधिकारी लाई सम्मान स्वरुप दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो भने प्रशिक्षार्थी लाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।कार्यक्रमको सञ्चालन संस्थाका कार्य समिति उपाध्यक्ष बाबुराम सापकोटाले गर्नुभएको थियो ।
