पोखरा चैत्र १० /

अनलाइन प्रबिधिमा हुने बालबालिका बिरुद्धको यौन शोषणको बिषयमा छलफल कार्यक्रम आयोेजना भएको छ ।सिबिन नेपालको आयोजनामा शुक्रबार पोखरामा भएको कार्यक्रममा नेपाल प्रहरी,पोखरामहानगर भित्र रहेका सामुदायिक माबिका प्रध्यानध्यापक,गैह्र सरकारी संस्थाहरुका बिचमा छलफल कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गदै सिबिन नेपालका कार्यक्रम ब्यवस्थापक माधव लोहोनीले बालबालिकाहरुमा अनलाइन जोखिम बढि हुने गरेको बताउदै अनलाइनमा हिसां र दुरुपयोग बढेको बताए । अनलाइन अपराधका ११ प्रकारका हुने गरेको र शहरी क्षेत्रमा जोखिम अझ बढि रहेको उनको भनाई थियो ।

उनले सिविनले बालबालिकामा हुने अनलाइन जोखिमको बारेमा निरन्तर रुपमा कार्यक्रम गदै आइरहेको बताए ।इन्टरनेटले गर्दा पछिल्लो समय बालबालिकाहरुमा सिकाइको लागि फाईदा हुने गरेको तर त्यसलाई सहि सदुपयोग गर्नुपर्नेमा उनको जोड थियो । सातवाटै प्रदेशमा साइवर ब्युरो आवश्यक रहेको लोहोनिको भनाई रहेको थियो ।

सिविन नेपालका कार्यक्रम अधिकृत शंकर नेपालीले सामाजिक सञ्जालको प्रयोग बालबालिकामा बढदै जादा बालबालिकामा लतनै लाग्ने अवस्था सृजना हुने गरेको बताए । बिधुतिय कारोवार ऐन २०६३ हाल पर्याप्त नभएको उनको भनाई थियो ।अधिवक्ता सुस्मा ओझाले स्थानिय स्तरमा साइवर ब्युरो घटनाका मुद्दाहरु दायर गर्ने ठाउँ नहुदा काठमाडौं केन्द्रित साइवर ब्युरोका मुद्दाले गर्दा सबै घटनाहरुले स्थान नपाएको बताइन्। स्थानीय स्तरमा पनि साइवर ब्युरोका घटनाका मुद्दा दर्ता हुुनुपर्नेमा उनको जोड थियो।

ताल बाराही माबिका शिक्षक ताराप्रसाद पोखरेलले प्रबिधिको बिकास सगैँ मोवाइल, इन्टरनेट आवश्यक रहेको बताए । जसको सहि उपोगको लागि बिद्यालयमा सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने गरेको उनको भनाई थियो ।नबिन माबिका शिक्षिका निर्मला कोइरालाले पठनपाठनको क्रममा कक्षा कोठामा अनलाइन,इनटरनेटको उपयोगिता एबम् सोको जोखिमको बारेमा बिद्यार्थीहरु माझँ छलफल गर्ने गरेको बताइन् ।

शुभ अवसर ग्रामका सुङनिमा सामयाङले अनलाइन,इन्टरनेटको बारेमा सचेतना जगाउनको लागि हरेक बिद्यालमा एक जना फोकल पर्सन आवश्यक रहेको बताइन् ।जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी निरिक्षक समिक्षा घिमिरेले साइवर सचेतना सम्बन्धी कार्यक्रम प्रहरीले गर्दै आएको बताइन् । बाल यौन दुरुपयोगका घटना पछिल्लो समय बढी हुने गरेको उनको भनाई थियो।

सामुदायिक सेवा केन्द्र पोखरा १ बगरका प्रहरी हवलदार गौतम कुमार हायुले समुदाय स्तरमा सो सम्बन्धि कार्यक्रम गर्दैै आएको सुनाए ।शक्ति समुहकि सरिता पौडेलले अपाङ बालबालिकाहरुमा यस्ता खालका घटना बढि हुने गरेको बताइन् । यस्ता घटना रोकथाम र नियत्रणको लागि बालबालिकाको क्षेत्रमा काम गर्ने सस्थाले बिद्यालय र समाजमा सचेतना कार्यक्रम गर्न आवश्यका रहेको उनको भनाई रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0