राजाराम पौडेल पोखरा चैत्र ८
नाटक ‘उर्वशी सूक्त’ मञ्चन आगामी बैशाख १ गतेबाट मञ्चन गरिने भएको छ । पोखरा थिएटरको प्रस्तुतीमा तयार हुने यो नाटक बैशाख ९ गतेसम्म मञ्चन हुनेछ । नाटकको लेखन तथा परिकल्पनमा शिव संकल्पले गरेका हुन् भने निर्देशन त्रिवेणीले गर्दैछन् । यतिबेला नाटकलाई सुन्दर बनाउन रिहर्सल भैरहेको छ ।

नाटकमा नारायणको भुमिका रोशन तिमिल्सिना, महामन्त्री र नारदको भुमिका सुशिल बराल, पुरुरवाको भुमिका पञ्चसुब्बा गुरुङ, नर र केशी दैत्यको भुमिका रोशन पोखरेल, सुत्रधार र कामदेवको भुमिका रमेश बाबु तिमल्सिना, नटी र रतीको भुमिका दीपसना विश्वकर्मा, मेनकाको भुमिका रञ्जु दाहाल, उर्वशीको भुमिका एलिजा बुढाथोकी, विश्वावसु गन्र्धवको भुमिका धनकाजी श्रेष्ठ, तिलोक्तमाको भुमिका अनुषा परियार, काशिराजपूत्री र रम्भाको भुमिका प्रियंका खड्का, अर्जुन र इन्द्रको भुमिका राजेन्द्र अधिकारीले निर्वाह गर्दैछन् ।

यो नाटकको अर्को मुख्य पाटो संगीत समेत हो । मिलन गिरी, एरिक र विवेकको प्रत्यक्ष संगीत नाटकमा रहनेछ भने यो पाटोलाई थप आर्कषक बनाउन सोनिया कार्की खत्री र पासाङ ल्यामू शेर्पाले मेहनत गर्दैछन् ।
नाटकको व्यवस्थापकको जिम्मेवारी पोखरा थिएटरका अध्यक्ष परिवर्तनले प्राप्त गरेका छन् । लेखक संकल्प र निर्देशक त्रिवेणी यो नाटकको निर्माता समेत हुन् ।

नाटकले निर्माता पाउन थाले : परिवर्तन

नाटकलाई लिएर व्यवस्थापक परिवर्तन समेत उत्साहित छन् । यस अगाडि सेमी क्लासिकल नाटक गरेपनि पहिलोपटक पूर्ण रुपमा क्लासिकल नाटक गर्देछौं । सोही कारण कलाकार र दर्शकलाई समेत नयाँ स्वाद पक्कै दिनेछ । व्यवस्थापक परिवर्तनले भने ।नाटकले निर्माता समेत पाउन थालेकोमा उनी दंग छन् । यो नाटकले पोखरेली रंगमञ्चमा नयाँ उर्जा समेत थप्ने छ । किनकी नाटकले यो पटक निर्माता पाएको छ । यसले नाटक प्रतिको चासो मात्र हैन सक्रियता बढायो । अब नाटकले निर्माताहरु पाउन थालेको छ खुशीको कुरा हो ।

उनले थपे ।नारी शक्तिलाई केन्द्रमा राखेर कथा बुनिएको छ स् शिव संकल्पनाटकका लेखक तथा परिकल्पनाकार शिव संकल्पले धेरैं अध्ययन र सोच विचार पश्चात नाटक तयार पारेको बताए । नाटक नारी शक्तिलाई केन्द्रमा राखेर बुनिएको खुलाए ।नाटक उर्वशी सूक्तमा नारी शक्तिलाई केन्द्रमा राखेर कथा बुनिएको छ । यसमा नारीका संवेदनाका अनेक सुक्ष्म पक्षलाई पनि प्रष्ट्याउन खोजिएको छ । उनले भने ।

निर्देशक त्रिवेणीको अनुरोधमा नाटक लेख्न कस्सिएको उनको भनाई छ । पूर्ण रुपमा शास्त्रीय शैलीको नाटकहरु नभएको हो की भन्ने अनुभवले त्रिवेणीको अनुरोधमा नाटक लेख्न थाले । नाटक लेख्दा पुराना शास्त्रीय सन्दर्भ केलाउन ऋग्वेदको उर्वशी सुक्त देखि लिएर पुराणहरुमा उर्वशी आएको प्रसंग, कालिदास विक्रम उर्वशीयम नाटक, सिद्धिचरण श्रेष्ठको उर्वशी खण्डकाव्य, कवी रामधारी सिंह दिनकरको उर्वशी काव्य सबैलाई लिएर शास्त्रिय ग्रन्थको मुलमर्मलाई नमार्ने गरी आधुनिक रंगमञ्चमा एक डेढ घण्टामा कसरी मञ्चन गर्न सकियला भनेर मनमा नै मञ्चन गरेर लेखिएको संकल्प बताउँछन् ।

नाटकमा शास्त्रीय संगीत, शास्त्रीय नृत्य, केही शास्त्रीय छन्दको प्रयोग गरिएको छ । भेषभुषामा समेत सांस्कृतिक र शास्त्रीयताको समिश्रण गरेर देखाउने हाम्रो योजना छ । सम्भवतः यो दर्शकले रुचाउनुहुनेछ । यहाँ हेरेको धेरै नाटक उत्तर आधुनिक र आधुनिक शैलीका छन् । विशेषगरी वेस्टन थिएटरबाट गाइडेड छन् ।

अहिलेको आधुनिक रंगमञ्च पूर्विय र पश्चिमेलीको समिश्रणबाट नै यहाँसम्म आइपुगेका हुन् । यसमा प्रविधिगत कुराहरु आधुनिक प्रयोग गरिएको छ । कतिपय नाटक प्रस्तुतीमा समेत आधुनिक राखेका छौं । तर, पूर्विय र परम्परागत नाट्यशैलीको झलक दिन खोजेका हौं । लोक नाँचको रुपमा शास्त्रीय नृत्य छन् । नाटक हेर्ने दर्शकले लोक नाँच हेरेजस्तो अनुभव पनि होइन आधुनिक नाटक हेरे जस्तो होइन यि दुई बिचको एउटा नौलो अनुभव पक्कै पाउनुहुन्छ । उनले भने ।

लामो समयदेखि आफू नाटकको पाठक दर्शक भएपनि पहिलोपटक लेखक र परिकल्पनाकारको रुपमा आएको सुनाए । मेरो घरमा धेरै संस्कृतको माहोल भएकोले संस्कृत नाटक मैले पढ्न पाए । नेपाली नाटकहरु पनि पढें । धेरै नाटक पढेपछि बल्ल नाटक हेर्न देख्न पाइयो । पढाइका अनेक क्रममा त्यो हेर्ने क्रम पनि छुट्यो । पोखरा आएपछि पोखरा थिएटरमा नाटक हुन थाले । यहाँ भएका विभिन्न नाटहरु हेर्दै जाँदा यो क्षेत्रप्रति झनै नजिकिए ।

नाटक धेरै राम्रो हुन्छ भन्नेमा आशावादी छु : त्रिवेणी

पोखरामा बच्चाहरुको लागि निरन्तर नाटक भैरहेका छन् । स्कुल लेभल र कलेज लेभलको पनि भैरहेको छ । तर, एउटा परिपक्क खालको आर्टलाई मनपराउने मानिसहरुको लागि केही गरौं न त भन्ने सेन्समा काम गर्न लागेका हौं । डेब्यु निर्देशकको रुपमा काम गर्दै गर्दा काम त म पहिलोपटक गर्दै छु तर थिएटरको प्रोसेसको रुपमा यो भन्दा अगाडिका हरेक नाटकमा रिहर्सल, सेट डिजाइनदेखि हरेक तरिकाले काम गरेको भएर उत्साहित छु ।

हुनत पोखरा थिएटरको प्रस्तुतीको पहिलो नाटक सिरुमारानी क्लासिकल पाराको नाटक थियो । केही नाटक क्लासिकल भन्ने सेमी क्लासिकल दिइने गरेको पाइन्छ । कथा पुराना राजाको ल्याइन्छ । अरु इलिमेन्ट क्लासिकल हुँदैनन । हामीले क्लासिकलमा हुनुपर्ने चिज भनेर भरतमुनीले आफ्नो पुस्तकमा जसरी नाटक गर्नु भनेर उल्लेख गरेका छन् । त्यो भरतमुनीको डिजाइनलाई कतैपनि नबिगारीकन काम गरेका छौं । गायन पनि क्लासिकल गायन भनेर विशुद्ध राग नै गाउने विशुद्ध छन्द वाचननै गर्ने भनेर त्यो क्लासिकल टोन दिन खोजेका छौ । त्रिवेणीले प्रष्टाए ।

यस अगाडि म कलाकारको रुपमा पनि कहि सम्लग्न भएको छैन, निर्देशककको रुपमा समेत कहि सम्लग्न भएको छैन । तर यस अगाडि पोखरा थिएटरमा मञ्चन हुने नाटकको रिहर्सल हेर्ने सुझाब दिने गर्थे । थुपुक्क कुनामा बसेर के के गल्ती गर्छन् भनेर हेर्थे । मलाई नाटक निर्देशन गर्ने आँट नाटक हेरेर भन्दापनि पर्सनली वर्क आउट गरेर, थिएटिकल बुक्सहरु पढेरनै आएको हो ।

थिएटरमा जुन अपेक्षा लिएर आएको छु । त्यो मिट हुने आशा छ । हुनत म आफै निर्देशक अनि म आफै कलाकार भएर सोलो प्ले गरेको भए जे–जे हो त्यही निकाल्न सक्थे । यहाँ टिममा काम गर्नुपर्छ । चुनौती छ ।

म एउटा आइडिया र फेलोसोपीबाट गाइडेड भएर काम गर्न खोजिरहेको अवस्थामा कतिपय कलाकारलाई त्यो आइडिया नै थाहा छैन । त्यसलाई बुझाउन अलिकति समय लाग्ने चुनौती छ । तर, त्यस्तो निराशावादी पनि छैन । राम्रै प्रोडक्ट निस्कन्छ भन्नेमा विश्वस्त छु । लिमिडेट स्रोत साधनमा काम गर्दा सत प्रतिशत त हुँदैन । अझ हामीसँग प्रोफेसनल कलाकार मात्र छैनन् । धेरै कलाकार नयाँ छन् । नाटक नगरेका मात्र हैन नहेरेका समेत छन् ।

सम्भवतः यो नाटक नै मेरो पहिलो र अन्तिम निर्देशन हुन्छ भन्ने सेन्समा सम्झनलायक काम गर्न खोजेको छुँ।। रंगं कर्म प्रतिको नयाँ भोक जागोस् भनेर जीवनमा कहिल्यै पनि थिएटर नगरेकोलाई पनि चान्स दिएका छौं । उनीहरुले यहीं क्षेत्रमा राम्रो गरें भने मैले पहिलोचोटि यस्तो प्लाटफर्ममा स्पेश पाएको थिए भनेर सझिएलान् ।

थिएटर केवल एक्टिङ मात्र भनेर बुझ्न हुँदैन । कतिपय कुरा कुनै पात्रले अलिकति कमसल गरेको खण्डमा को–एक्टर बलियो भैदिए त्यसले ढाकिदिन्छ । साइडमा बजेको म्युजिक गज्जबको भयो भने त्यसले ढाकिदिन्छ । सेट गज्जबको भयो भने त्यसले कतिपय फिक्कापना कभरअप गरिदिन्छ ।

यसमा हामीले ध्यान दिएका छौं । हाम्रो प्लेको लागि चर्चित छन्दबाचक भूषिता वशिष्ठको छन्द वाचनमा कविता छ । सरु गुरागाईको छन्द वाचनका कविता राखेका छौ । म्युजिककै टिममा पनि तबला बजाउने मिलन, सारंगी र सितार बजाउने एरिक, हार्मोनियम बजाउने विवेक आफ्नो क्षेत्रमा खारिएका प्रतिभा हुन् ।

सोही कारण संगीतको पाटो खोजेको जस्तै छ । नृत्यमा पनि कथक, भरत नाट्यम राख्दै छौं जसको लागि राम्रै प्रशिक्षक पाएका छौ । ओभरअल नाटक धेरैं राम्रो हुन्छ भन्नेमा आशावादी छु । उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0