पोखरा फागुन २९

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीले लोक दोहोरी दिवस मनाएको छ । फलफुलतथा खाद्यान्न बितरण गरि सोमबार २२ औं स्थापना दिवस मनाएको हो ।

कार्यक्रम का प्रमुख अतिथि समाजसेवी मदन थापाले कलाकारहरु देशका महत्वपूर्ण सम्पति भएको बताउदै राज्यले ध्यानदिन नसक्नु दुखलाग्दो भएको बताउनु भयो ।

त्यस्तै सस्थापक अध्यक्ष तारापती सुवेदी, पार्बती जि सि,ले मानव सेवा आश्रमा लोकदोहोरी दिवस मनाउन पाउदा खुशी लागेको बताउनु भयो । कार्यकम्रमा सर्जक समाजसेवी यसु थापा सल्लाहकार हरु क्रमशः दिपक तिमिल्सिना र लक्ष्मी सुवेदी ,मानव सेवा आश्रका कोषाध्यक्ष दुर्गा तिम्सिना हेम्जा इकाइ कमिटी का अध्यक्ष जयराम तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीका अध्यक्ष तुलसी क्षेत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रथम उपाध्यक्ष परशुराम अधिकारीले स्वागत र सचिव नारायण बहादुर सुनारले कार्यक्रम सचांलन गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0