पोखरा फागुन २५
पोखरा महानगरपालिका—२८ कालिकाको जनज्योति माध्यमिक विद्यालयका पूर्व विद्यार्थीको भेलाले दिनेश लामिछानेको अध्यक्षतामा जनज्योति मावि पूर्व विद्यार्थी मञ्च तदर्थ समिति गठन गरेको छ ।
९ सदस्यीय पूर्वविद्यार्थी मञ्चको उपाध्यक्षमा लक्ष्मी पौडेल लामिछाने, सचिवमा दुर्गा अधिकारी, र कोषाध्यक्षमा शान्ती सुवेदी छन् । सदस्यमा विश्वराज पौडेल, सुदीप त्रिपाठी, बुद्धिसागर भण्डारी, साजन गुरुङ, शान्ती भुजेल छन् । बाँकी सदस्य क्रमशः थप हुने अध्यक्ष लामिछानेले बताए ।
मञ्चको शिक्षा उपसमिति संयोजक सञ्जीव त्रिपाठी, विदेश विभाग उपसमिति संयोजक विश्वराज पौडेल, अष्ट्रेलिया संयोजक सन्तोष पौडेल, अमेरिका संयोजक राजन घिमिरे, जापान संयोजक दीपेन्द्र लामिछाने, कोरिया संयोजक संगम केसी छन् । मिडिया उपसमिति संयोजक माधव बराल, सामाजिक विकास उपसमिति संयोजक रामचन्द्र रानाभाट, एसएलसी ब्याच उपसमिति संयोजक प्रकाश पौडेल र लेखा उपसमितिच संयोजक शान्ती भुजेल चुनिएका छन् । मञ्चको कानुनी सल्लाहकारमा शिवबहादुर भुजेल छन् ।
२०१६ पुस १६ गते स्थापना भएको जनज्योति माध्यमिक विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीलाई समेटर विद्यालयको भौतिक तथा शैक्षिक विकासका साथै सामाजिक विकासमा योगदान पुरयाउने लक्ष्यका साथ मञ्च गठन गरिएको हो ।
मञ्चले विद्यालय र पूर्व विद्यार्थीबिचमा पुलको काम गर्ने र भौतिक रुपमा उपस्थित हुन नसक्ने पूर्व विद्यार्थीलाई भर्चुअल माध्यमबाट जोड्ने योजना समेत बनाएको अध्यक्ष लामिछानेले बताए ।
