पोखरा फागुन २०
पोखराको फेवातालमा डुंगा पल्टिदा एक जनाको मृत्य्ु भएको छ । मृत्यु हुनेमा ७० बर्षकि माया गरी रहेकि छन् । डुंगा पल्टिए पछि उनको उद्धार गरि उपचारको लागि गण्डकी मेडिकल कलेजमा लगिएको र उपचारकै क्रममा ५ बजेर २५ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिवार दिउसो हावाहुरिका कारण डुंगा पल्टिएको थियो । डुंगामा सवार ५जना लाई प्रहरीको उदार टोलिले उद्धार गरेको थियो । अन्य सवार गर्नेहरुमा राजकुमार गिरी,एलिसा गरी,खगेन्द्र गुरुङ,बिशाल गिरी रहेका छन् उनिहरुको अवस्था भने समान्य रहेको कास्की प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
2
+1
+1
+1
