पोखरा, १५ फागुन

स्व.मेजर चन्द्र बहादुर पहरे पुनको स्मृतिमा पुन एकता क्लवले फागुन ९ गतेदेखि आयोजना गरेको आठौं संस्करणको नदीपुर भलिबल प्रतियोगिताको उपाधि छन्त्याल ब्रदर्सले जितेको छ ।

आज भएको फाइनल खेलमा छन्त्याल ब्रदर्सले नेपाल प्रहरीको गण्डकी तालिम केन्द्रको टीमलाई हराउँदै उपाधि जित्न सफल भएको हो ।

विजेता छन्त्याल ब्रदर्सले नगद १ लाख ५ हजार, शिल्ड र प्रमाण प्राप्त गरेको छ ।उपविजेता नेपाल प्रहरीको गण्डकी तालिम केन्द्रको टीमले नगद ७० हजार, शिल्ड र प्रमाण पत्र प्राप्त गरेको छ ।

महिलातर्फ नेपाल प्रहरीको गण्डकी तालिम केन्द्रको टीम विजयी भएको छ । विजेता टीमले नगद ५० हजार, शिल्ड र प्रमाण पत्र प्राप्त गरेको छ ।

उपविजेता आयोजक नदीपुरले नगद ३० हजार, शिल्ड र प्रमाण पत्र प्राप्त गरेको छ ।प्रौढतर्फको उपाधि पोखरा भेट्रान्सले जितेको छ । विजेता टीमले नगद ३० हजार, शिल्ड र प्रमाण पत्र पाएको छ ।

उपविजेता पोखरा वडा नंं १६ ले नगद २० हजार, शिल्ड र प्रमाण पत्र पाएको छ ।प्रतियोगितामा उत्कृष्ट खेलाडी प्रौढतर्फ पोखरा भेट्रान्सका पुष्पमान श्रेष्ठ घोषित भए । पुरुषतर्फ छन्त्याल ब्रदर्सका उमेश सेन्चुरी र महिलातर्फ नेपाल प्रहरी गण्डकी तालिम केन्द्रकी कोपिला राना उत्कृष्ट खेलाडी घोषित भईन ।

समापन समारोहको प्रमुख अतिथि कर्पाकेली समाजका अध्यक्ष रणसिंह गर्बुजाले समाजले विभिन्न सामाजिक काममा सरिक भईरहेको बताए । उनले समाजका हरेक काममा युवाको साथ रहेको रहेको र उनीहरुको काममा समाजले सहयोग गर्दै आएको बताए । आगमी दिनहरुमा पनि समाज तथा, क्लवले आयोजना गर्ने कुनै पनि कार्यक्रमका सरिक भईदिन अनुरोध गरे ।

क्लवका अध्यक्ष सुदिप पुनले प्रतियोगितालाई सफल पार्न देश विदेशमा रहनु भएका दाजुभाईको सहयोग अतुनिय रहेको बताए । आगामी दिनमा पनि क्लवले गर्ने कार्यक्रममा साथ सहयोगको अपेक्ष गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0