पोखरा फागुन ११
तनाव व्यवस्थापन सम्बन्धी एक दिने बक्तित्वकला कार्यक्रम सम्पन्न भएको छ ।मानसिक स्वास्थ्यको क्षेत्रमा काम गदै आइरहेका कोशिश र सिद्ध मा.बि. पोखरा १५ फलेपाटनको संयुक्त आयोजनामा कार्यक्रम भएको कोशिका परियोजना संयोजक सुदिप घिमिरेले जानकारी दिनुभयो ।

गएको बुधवार भएको कार्यक्रमा बिद्यार्थीहरुमा हुन सक्ने तनावलाई कसरी व्यवस्थापन गर्ने भन्ने बिषयमा केन्द्रीत भएर वक्तित्वकला प्रतियोगिता आयोजना गरिएको घिमिरेले जनाउनुभयो ।

प्रतियोगितामा कक्षा ९ र १० का ७० जना बिद्यार्थीहरु सहभागी थिए । प्रतियोगितामा १० जना छात्र छात्राहरुले भाग लिएका थिए ।प्रतियोगितामा कक्षा १० की मिनाक्षी वि.क प्रथम, कक्षा ९ की मनिसा बि.क द्धितिय, र कक्षा १० कै अनिसा राइभाटले तृतीय स्थान प्राप्त गरेको छन् । पुरस्कृति छात्रहरुलाई बिद्यालयका प्रिन्सिपल गुरुदत्त कोइरालाले पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

वक्तित्वकलामा सहभागी अधिकांश प्रतियोगी छात्र छात्राहरुले सरकारी बिद्यालयमा पढ्ने बिद्यार्थीहरुका अभिभावकहरुले छोराछोरीका पीर मर्काहरुमा कम चासो देखाउने गरेको वताए थिए ।सहभागी मिनाक्षी बि.क. ले भनिन् “तनाव भएको बेला बढी जसो आफ्नो मन मिल्ने साथीहरुसंग सुनाएर मन हल्का गर्ने गर्ने गछौ ।” त्यस वाहेक ध्यान गर्ने, संगीत सुन्ने, मन मिल्ने साथीलाई मनका भावनाहरु सुनाउने, आफ्नो पढाईमा ध्यान दिने, आफुलाई स साना काममा व्यस्थ गराउने गर्नाले पनि बिद्यार्थीहरुका तनावहरु घटाउन सकिन्छ मिनाक्षीले थपिन् ।

कोशिशले बिद्यार्थीहरुमा मोटिभेसनल कार्यक्रम अन्र्तगत मनोसामाजिक र मानसिक स्वास्थ्य प्रवर्धनमा बिद्यार्थीहरुमा निवन्ध प्रतियोगिता, चित्रकला प्रतियोगिता लगायतका कार्यक्रमहरु गदै आइरहेको कोशिशका पैरवी तथा अभियान अधिकृत सम्झना पौडेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0