पोखरा फागुन १०
नेसनल क्रियसन एकेडेमिको १६ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । पोखरा ८ नागढुङगामा रहेको बिद्यालमा भएको कार्यक्रममा पुरेस्कार बितरण एबम बिबिध सास्कृतिक कार्यक्रम भएको बिद्यालयका शिक्षक सुदामा रेग्मीले जानकारी दिनुभयो ।
कार्यक्रममा शिक्षा बिकास तथा समन्वय इकाई कास्कीका प्रमुख नारायण सुबेदीले बिद्यालयले गरेका शैक्षिक एबम् खेलकुदका गतिबिधिको बारेमा प्रसंसा गरर्नुभयो ।
बिद्यालयका प्रर्चाय ज्ञानेन्द्र बहादुर थापाले बिद्यालको हालसम्मको गतिबिधि साथै शैक्षिक बिबरण भावी योजना र लक्षको बारेमा बताउनुभयो ।
कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष टेक बहादुर थापा,सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल,कानुन संयोजक भोला अधिकारी,प्रसासकिय प्रमुख बिक्रम थापा बिद्यार्थिहरु आस्था नेपाली,अनिस गुरुङ,प्रबेश सापकोटा एलिना क्षेत्री लगाएत बोल्नु भएको थियो ।
