पोखरा, ९ फागुन
पुन एकता क्लवले आजदेखि फागुन १३ गतेसम्म आठौं नदीपुर पुरुष, महिला तथा प्रौढ भलिवल प्रतियोगिता आयोजना गरेको छ ।
“स्वास्थ्यका लागि खेलकुद, खेलाडी राष्ट्रका गौरब” नाराका साथ क्लवले स्व।मेजर चन्द्र बहादुर पहरे पुनको स्मृतिमा आठौं संस्करणको भलिवल प्रतियोगिता आयोजना गरेको हो ।
कन्यामार्गस्थित कर्पाकेली समाजघरको प्राङ्गणको भलिवल कोर्टमा आयोजना गरिएको भलिवल प्रतियोगिताको वडा नं ३ का अध्यक्ष प्रकाशमान उदास उद्घाटन गरे ।
सो अवसरमा वडाध्यक्ष उदासले खेलकुदको लागि वडाले गर्न सक्ने सहयोग गर्न तयार रहेको बताए । आगामी वजेटमा प्रतियोगिता तथा वडागत खेलकुदका कार्यक्रमको लागि आवश्यक वजेटको व्यवस्था गर्ने उनले बताए । तपाँईहरुले योजना बनाएर ल्याउनुस् वडाको तर्फबाट हामी सक्दो सहयोग गछौं, उडाध्यक्ष उदासले भने ।
विशेष अतिथि कांग्रेस वडा इकाईका सभापति नारायण उदासले वडामा आयोजना हुने हरेक कार्यक्रमका लागि आफुहरु हातेमालो गर्न तयार रहेको बताए । यसअघिका प्रतियोगितामा पनि सहहभागि हुँदै आएको स्मरण गर्दै उनले युवाहरु खेलकुद तथा सामाजिक गतिविधिमा संलग्न हुनु सह्रानिय भएको बताए ।
वैदाम पुन समाजका अध्यक्ष दुध बहादुर पुनले आफ्नो कला संस्कृतिको साथमा खेलकुदको कार्यक्रम राखेर राम्रो काम गरेकोमा बधाई दिए । उनले खेलमा हुने हार र जितको नतिजालाई सहर्ष स्वीकार गर्ने क्षमता खेलाडीले राख्नुपर्नेमा जोड दिए ।
उद्घाटन सत्रमा कर्पाकेली आमा तथा बाबा समूहले पुख्र्यौली गीत र नृत्य तथा युवतीले स्वागत नृत्य प्रस्तुत गरेका थिए । क्लवका अध्यक्ष सुदिप पुनको अध्यक्षतामा भएको उद्घाटन सत्रको संचालन क्लवका सल्लाहकार खुम पुनले गरेका थिए ।
यसैबीच उद्घाटन खेलमा आयोजक पुरुष ए र बी तथा महिला ए र बी बीचको प्रतिष्पर्धामा दुवैतर्फ टीम ए ले जितेका खेल संयोजक निशान थकालीले बताए । बुधबारबाट भेट्रान्सतर्फका खेलहरु शुरु हुने भएका छन् ।
