पाेखरा, ९ फागुन । नेपाली कांग्रेस कास्कीले व्यवसायी तथा ऋणीहरुकाे मागकाे बारेमा ऐक्यबद्धता जनाएकाे छ । सभापती किशाेरदत्त वरालले पाेखरामा भएका दुइ अलग अलग छलफलमा यस्ताे जटिल समस्याका बारेमा प्रधानमन्त्री, अर्थमन्त्री, गभर्नर र राष्ट्र बैंकलाई ध्यानाकर्षण पत्र बुझाउने बताएका हुन्।
बैंक तथा वित्तीय संस्थाहरुको बढ्दो दबाब, चर्को ब्याजदर, जग्गा लिलामीको धम्कि, तारन्तारको ताकेकाताको मारमा परिरहेका उद्योगी व्यवसायी तथा पर्यटन व्यवसायीसंग भएकाे छलफलमा उनीहरुका कुरा सुनेपछि उनले ध्यानाकर्षण भएकाे भएकाे बताए ।
बरालले निकै अफ्ठेरोमा परेका व्यवसायी तथा ऋणीहरुका समस्याका बारेमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण पत्र बुझाउने बताए ।
बैंकको कारण व्यवसायी तथा ऋणीहरु बिक्षिप्त अवश्थामा पुगेका छन् । व्यवसायीले बैंकको ब्याजदर सिंगल डिजिटमा झार्नुपर्ने माग गरेका छन् । कोरोनाकाल पछि आर्थिक अवश्था ज्यादै कमजोर भएको र बैंकको तनाब थेग्न नसक्ने अवश्थामा पुगेको सहभागिले बताएका कांग्रेस कास्कीका प्रवक्ता विश्वशंकर पालिखेले जानकारी दिए । ।
आर्थिक कारोबार नहुनु, भए पनि पर्पाप्त नहुनु, आर्थिक मन्दि बढिरहनु र धितोमा रहेका घरजग्गा लिलामी गर्छु भन्ने बैंकको धम्किले आफुहरु कठिन अवश्थामा पुगेको उनहिरुले बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मूल्मीले बैंक वित्तीय संस्थाको मनपरीतन्त्रलाई राज्यले नियन्त्रण गर्नुपर्ने बताए ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले व्यवसायीलाई परेको मर्काका बारेमा संघ जानकार रहेकोले बैंक वित्तीय संस्थाहरुको ज्यादति विरुद्ध कठोर भएर अगाडी बढ्ने बताए ।
