नारायण पौडेल फागुन ५ पोखरा

नेपाल बैंक लिमिटेडले पोखराको धार्मिक क्षेत्र विन्ध्यावासिनी मन्दिरमा पुग्ने लागि स्वच्छ पिउने पानीको व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको छ ।

मन्दिरमा पुग्ने भक्तजन तथा पर्यटकहरुका लागि स्वच्छ पिउने पानीको व्यवस्थाका लागि शुक्रबार एक कार्यक्रमको आयोजना गरि पाँच लाख रुपैयाँ सहयोग गरेको बैंकले जनाएको छ ।

विन्ध्यावासिनी धार्मिक विकास समितिको कार्यलयमा भएको कार्यक्रममा बैंकका गण्डकी प्रदेश प्रमुख प्रतिमा श्रेष्ठले विन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठलाई सो सहयोग हस्तान्त्रण गरनुभएको ।
सो अवसरमा समितिका अध्यक्ष श्रेष्ठले मन्दिरमा आउने भक्तजनहरुका लागि स्वच्छ पिउने पानीको व्यवस्था गरेर सरहार्नीय कार्य गरेको बताउनुभयो ।

बैंकका गण्डकी प्रदेश प्रमुख प्रतिमा श्रेष्ठले बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत मन्दिरमा सहयोग गर्न खुसि लागेको बताउनुभयो । उहाँले अगामि दिनहरुमा पनि भक्तजनहरुको र मन्दिरको लागि सहयोग जारी रहने जनाउनुभयो ।

कार्यक्रममा विन्ध्यावासिनी धार्मिक विकास समितिका पदाधिकारी, बैकका गण्डकी प्रादेशिक कार्यालयका ध्रुब पौडेल, चिरञ्जीवि अधिकारी, बगर शाखा प्रमुख सन्तोष शर्मा , सहायक शाखा प्रमुख अम्बिका अधिकारी लगाएतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0