पोखरा, १६ पुस / नेपालका लागि चीनिया कार्यबाहक राजदुत वाङसिङले पोखराको पर्यटन विकासमा यहाँ बनेको पोखरा अन्तराष्ट्रिय एयरपोर्ट कोशेढुंगा साबित हुने बताउनु भएको ।
नेपाल चीन जनमैत्री संघले आज पोखरामा गरेको भेटघाटमा उहाँले पोखरा अन्तराष्ट्रिय एयरपोर्ट संचालन संगसंगै पर्यटन प्रवर्धनको कार्यमा दोहोरो सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।
भेटघाटमा नेपाल चीन जनमैत्री संघका अध्यक्ष विश्वशंकर पालिखे, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति, वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कि, नेपाल चीन व्यापार संघ कास्कीका अध्यक्ष वैभव पौडेल लगायतको सहभागिता थियो ।दुई पक्षिय कुराकानीपछि कार्यबाहक राजदुत वाङसिङले रेडियो अन्नपूर्णको अवलोकन गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
