google photo

पोखरा पुस १३ / गण्डकी प्रदेशका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । बुधबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बस्याललाई सपथ खुवाएका हुन् ।

संविधानको धारा १८२ ९५० र प्रदेश सभा निर्वाचन ऐन २०७४ को दफा ७५ ९१० बमोजिम प्रदेश प्रमुख गुरुङले बस्याललाई सपथ खुवाए । पर्वत ख बाट निर्वाचित वर्षीया बस्यालले विहीबार बाँकी ५९ सांसदलाई प्रदेश सभामा सपथ ग्रहण गराउनेछन् ।

गण्डकीमा प्रत्यक्षमा ३६ र समानुपातिक २४ सांसद निर्वाचित भएका छन् । प्रदेश प्रमुख गुरुङले पुस १८ गते प्रदेश सभाको अधिवेशन बोलाएका छन् । संविधानको धारा १८३ को उपधारा १ बमोजिम बोलाइएको प्रदेश सभा अधिवेशनमा पनि ज्येष्ठ सदस्य बस्यालले नै अध्यक्षता ग्रहण गर्नेछन् ।

एमालेबाट निर्वाचित सांसद बस्याल कानुनमन्त्री विन्दुकुमार थापाभन्दा २ दिन जेठो हुँदै ज्येष्ठ सदस्यका हैसियतले अब प्रदेश अधिवेशनको अध्यक्षता गर्ने भएका छन् ।

प्रदेश सभा सुरु भएलगत्तै सरकार गठनका लागि आह्वान गर्ने तयारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0