पोखरा १२ पुस / नेपाल बैंक लिमिटेडले स्याङजाको पुतलीबजार नगरपालिका परिसरमा विस्तारित काउण्टर सेवा सञ्चालनमा ल्याएको छ ।

स्याङजा शाखा मातहत रहने गरी उक्त शाखाको मंगलबार एक कार्यक्रमकाबिच पुतलीबजार नगरपालिकाका मेयर तुलसीराम रेग्मीले उद्घाटन गरे ।

कार्यक्रममा बैंकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख प्रतिमा श्रेष्ठ, उपप्रबन्धक धु्रब पौडेल, स्याङजा शाखाका शाखा प्रबन्ध बिष्णु खनाल तथा नगरपालिकाका प्रशासकीय अधिकृत गणेशप्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो ।

बैंकका देशभर २ सय २६ शाखा सञ्जाल, २ सय एटीएम काउण्टर रहेका छन् भने ५१ वटा विस्तारित काउण्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ । यो संगै बैंकको विस्तारित काउण्टको संख्या ५२ पुगेको छ ।

गण्डकी प्रदेश अन्र्तगत ३० वटा शाखा, २९ वटा एटीएम काउण्टर र ८ वटा विस्तारित सेवा काउण्टर रहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0