पोखरा ८, पुष / गण्डकी प्रदेशकै प्रतिष्ठित आहा ! रारा पोखरा गोल्डकप फुटवल प्रतियोगिता २०७९ को उद्घाटन खेलमा आयोजक सहारा क्लवले धरान फुटवल क्लवसंग प्रतिष्प्रर्धा गर्ने भएको छ । यही पुष १४ गते देखि पोखरा रंगशालामा संचालन हुने २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको उद्घाटन खेलमा सहारा र धरान फुटवल क्लव बिच उद्घाटन खेल हुने भएको क्लवले सार्वजनिक गरेको खेल तालिकामा उल्लेख गरिएको छ ।

गत बर्षको विजेता शसस्त्र प्रहरी बलको एपिएफ क्लव समुह एबाट सिधै क्वाटरफाइनलमा यात्रा पाएको छ । एफिएफले उद्घाटन खेलको बिजेतासंग पुष १६ गते प्रतिष्प्रर्धा गर्ने भएको छ । समुह एमा रहेको अर्को विभागिय टोली त्रिभुवन आर्मी फुटवल क्लवले संकटा क्लवसंग पुष १८ गते प्रतिष्प्रर्धा गर्ने भएको छ ।

त्यसै गरी समुह बीमा परेको अर्को विभागिय टोली नेपाल पुलिस क्लवले चर्च ब्वाईज यूनाइटेड फुटवल क्लवसंग पुष १५ गते प्रतिष्प्रर्धा गर्ने भएको छ । यसको विजेता टोलीले मछिन्द्र फुटवल क्लवसंग पुष १७ गते सेमिफाइनल यात्राको लागि प्रतिष्प्रर्धा गर्ने भएको छ ।

आहा रारामा सर्वाधिक सफलता हासिल गरेको मनाङ मस्र्याङदी क्लवले अमेरीकाको भुटानी युथ एससीसंग सेमिफाइनल यात्राको लागि प्रतिष्प्रर्धा गर्ने भएको छ । पुष २० गते पहिलो सेमिफाइनल खेल , पुष २१ गते दोश्रो सेमिफाइनल खेल र पुष २३ गते भने फाइनल खेल हुने भएको आयोजक सहारा क्लवका अध्यक्ष हरिराम गुरुङ(सुरज)ले बताए ।

सहारा क्लब पोखराले यसअघि पुस १२ देखि २३ सम्म प्रतियोगिता संचालन गर्ने भनी एन्फाबाट समय तालिका प्राप्त गरेकोमा १३ गते स्पेनको बी डिभिजनको क्लव संग मैत्रीपूर्ण खेल हुने कारण २ दिन पछि सरेको हो । त्यसैले यसअघि १२ टिम भनिएकोमा १० टिमको छिनोफानो भएको क्लब महासचिव रामजीप्रसाद अधिकारीले बताए ।

प्रतियोगिताका बिजेताले यस बर्ष १२ लाख र उपविजेताले ६ लाख प्राप्त गर्ने छन् । प्रथम पुरस्कारमा २ र दोस्रोमा १ लाख वृद्धि गरिएको हो । २०५८ सालमा क्याराभान गोल्डकपलाई गणना गर्दै २२औं संस्करणबाट आहा ! रारा पोखरा गोल्डकप नामकरणमा प्रतियोगिता संचालन हुन लागेको हो । बचत रकम क्लबबाट संचालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लवले जनाएको छ । तेश्रो व्याचको एकेडेमीमा १३ जना बालक आश्रित रहेका छन्। यसैबिच सहारा क्लब हङकङले आहा रारा पोखरा गोल्ड कपलाई सफल पार्न ३ लाख सहयोग उपलब्ध गराउने भएको छ ।

प्रतियोगिताबाट आम्दानी १ करोड ५९ लाख ५० हजार रुपैयाँ र खर्च १ करोड १३ लाख ५६ हजार रुपैयाँ अनुमान गरिएको छ । ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ उद्देश्यका मोफसलको चर्चित सहारा क्लब पोखराले संचालन गर्ने यो प्रतियोगितामा विगतमा झंै हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजन छ ।

उत्कृष्ट पाँच विधाको पुरस्कार सूर्यबहादुर केसी स्मृतिमा प्रदान गरिने जनाइएको छ । सहउपप्रायोजक मुल्बेरी इन्स्टिच्युट अफ हस्पिटालिटी र चरक मेमोरियल हस्पिटल प्रालि नागढुंगा, एजुकेसन पार्टनर हिमाश कन्सल्टेन्सी, अफिसियल बैंक लुम्बिनी विकास बैंक रहेको छ ।

त्यसै गरी अनलाइन टिकेटिंङ पार्टन माई पे, अफिसियल स्पोट्र्स वयर एक्स टेप, एयरसन ईन्टरन्यासनल् प्रालि इन्टरनेट पार्टनर, पब्लिक फोरके टेलिभिजन प्रत्यक्ष प्रसारण, अफिसियल एयर लाइन्स बुद्ध एयर, सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कार प्रायोजक सहारा क्लबका मानार्थ सदस्य खेम बहादुर गुरुङ, अफिसियल इन्सुरेन्स पार्टनर प्रभु इन्सुरेन्स प्रालि रहेको छ ।

त्यस्तै अफिसियल मल्टिप्लेक्स पार्टनर सिनेप्लेक्स, पोखरा फेयर प्ले पुरस्कार प्रायोजक रुपाकोट ज्योति सुनचाँदी पसल महेन्द्रपुल रहेको छ । त्यस्तै गरी मुग्लान रेस्टुरेन्ट एण्ड बार, एलजी टिभी, गोर्खाली अफ्सेट प्रेस, परिचय एड्भरटाइजिङ र जीएमसी मेडिकल कलेज, नयाँबजार र सहयोगी संस्था राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी र अखिल नेपाल फुटबल संघ र क्षेत्रीय खेलकुद विकास समिति र कास्की जिल्ला खेलकुद विकास समिति र कास्की जिल्ला फुटबल संघ, सहारा क्लब युके, हङकङ र अष्ट्रेलिया समेतको विशेष सहयोग हुने क्लवले जनाएको छ । उक्त प्रतियोगिताको पोखरा महानगरपालिका प्रवद्र्धकको रुपमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0