पोखरा ४ पुस / पोखरामा झवः भ्वय तथा सांस्कृतिक उत्सव हुने भएको छ । नेवाः खल कास्की र नेवाः मिसा पुचः कास्कीको आयोजनामा यही पुस ९ गते तेस्रो संस्करणको उत्सव आयोजना हुन लागेको हो ।

नेवारी संस्कृति र खानपानको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको नेवाः मिसा पुचः का संस्थापक अध्यक्ष शान्ति उदासले जानकारी दिइन् । पोखरामा पहिलोपटक २०७२ सालमा झवः भ्वयको आयोजना गरिएको थियो । हरेक २÷२ बर्षमा आयोजना हुने नेवारी भोज कोरोनाका कारण नियमित हुन नसकेको उनले बताइन् ।
परम्परादेखि चलिआएको प्रचलनलाई युृवा पुस्ताले बिस्तारै भुल्दै गएकाले नयाँ पुस्तालाई ‘फुड कल्चर’ का बारेमा जानकारी गराउन कार्यक्रमले सघाउ पुग्ने संयोजक मोहिनी श्रेष्ठले बताइन् ।

कार्यक्रममा नेवारी परिकारका साथै कुमारी नाच, बज्रयोगिनी नाच समेत प्रस्तुत गरिने नेवाः मिसा पुचः का अध्यक्ष मेनुका श्रेष्ठले जानकारी दिइन् । १ हजार २ सय जनालाई भोज खुवाइने अध्यक्ष श्रेष्ठले बताइन् । कार्यक्रम भिमसेनटोलस्थ्ति नेवाः छेः मा आयोजना हुने छ ।

विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । कार्यक्रम संयोजकमा मोहिनी श्रेष्ठ, अतिथि सत्कारमा शान्ति उदास, आर्थिक व्यवस्थापनमा सोनी ढेवाजु, सांस्कृतिक संयोजकमा रेविका श्रेष्ठ, टिकट व्यवस्थापनमा किरण बिजुक्छे, प्रचारप्रसार संयोजकमा शक्ति प्रधानाङ्ग, साज सज्जामा देविका श्रेष्ठ तथा व्यानर व्यवस्थापनमा रेखा कर्माचार्य रहेका छन् ।

कार्यक्रमलाई गण्डकी आयल मिलको कोशेली तेल, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, ग्रीन डेभलबमेन्ट बैंक, टिशा सिल्भर सप, मेनुका इम्पोरियमले प्रायोजन गरेको छ । यसैगरि सुजल फुड्स, फिस्टेल डेरी, वोन्डाइ क्याफे, कृष्ण राइस मिल लगायतका संघ संस्थाले पनि प्रायोजन गरेका छन् भने नेपाल पर्यटन वोर्ड पोखरा प्रवद्र्धकका रुपमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0