सफल म्याराथन प्रतियोगिताको तयारी पूरा

दीननाथ बराल पोखरा २९, माघ

आउँदो फागुन १ गते शनिबार पोखरामा हुने १५ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको तयारी पूरा भएको छ । भूतपुर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार आयोजना हुने उक्त प्रतियोगिताको तयारी पुरा भएका मञ्चले विहिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

म्याराथनमा यस बर्ष १ सय ५६ जना धावकहरु सहभागि हुने भएका छन् भने महिला तर्फको हाप म्याराथनमा विहिबार सम्म १९ जना धावकहरुले नाम दर्ता गराएको मञ्चका अध्यक्ष तेज बहादुर गुरुङले बताए । यस बर्ष भने कोरोनाको कारणले गर्दा विदेशबाट धावकहरु उक्त प्रतियोगितामा सहभागिता जनाउने सम्भावना नभएको मञ्चले जनाएको छ । कोरोनाले प्रभावित भएको खेल क्षेत्रलाई प्रबद्र्धन गर्न र सफल पोखरा म्याराथनलाई निरन्तरता दिन पनि यस बर्ष उक्त प्रतियोगितामा सके सम्मको आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी संचालन गर्ने भएको अध्यक्ष गुरुङले बताए ।

४२.१९५ किलोमिटर दौड (म्याराथन) का विजेताले २ लाख उपविजेताले १ लाख र तेस्रो हुने खेलाडीले ७५ हजार रुपैयाँ, शान्त्तोना हुनेले २५ हजार साथमा ट्रफी मेडल, प्रमाणा—पत्र प्राप्त गर्ने भएको अध्यक्ष गुरुङले बताए । नेपाल पर्यटन वोर्डको प्रबद्र्धनमा संचालन हुने उक्त प्रतियोगिताले पोखराको खेलपर्यटनलाई समेत प्रबद्र्धन गर्ने भएको अध्यक्ष गुरुङले जनाए । उक्त प्रतियोगिता सफल पार्न करिब ३ सय सुरक्षाकर्मी एक सय ५० स्वयमसेवक परिचालन गरिने तथा करिब ३÷४ किलोमिटर दुरीमा एम्बुलेन्स सेवा तयारी अबस्थामा राखिने भएको उनले जनाए । उक्त दौड प्रतियोगिता शनिबार विहान ७ः०० बजे पोखरा रंगशालाबाट सुरु भई छोरेपाटन, लेकसाइड, भिमकालिपाटन, इन्जिनीयरिङ कलेज मध्यमपथ हुदै बगर, नारायणथान पुल हुदै सितलादेवि , मियापाटन, चाउथे, भोटेचौचारा मझेरीपाटन रामबजार हुदै रंगशालासम्मको रुट तय गरिएको छ ।

महिला धावकहरुलाई समेत प्रोत्साहन हुने गरी यस बर्ष देखि हुन लागेको २१ किलोमिटरको हाफ म्याराथन प्रतियोगितामा विहिबारसम्म १९ जना प्रतियोगिहरुले सहभागिता जनाउने गरी नाम दर्ता गरेको मञ्चले जनाएको छ । महिला तर्फको हाफ म्याराथनको विजेताले १ लाख, उपबिजेताले ७५ हजार, तेश्रो हुनेले ५० हजार र शान्त्वना हुनेले भने १५ हजार नगद प्राप्त गर्ने भएको भएको मञ्चका प्रमुख कार्यकार्य अधिकृत केशव पाठकले बताए । उक्त प्रतियोगितामा धावकले पोखरा रंगशालाबाट दौड सुरु गरी पृथ्बीचोक, छोरेपाटन, पार्दी, लेकसाइड, न्यूरोड, गैरापाटन, पालिखेचोक, नारायणथान मन्दिरचोक, नेपाल टेलिकल हुदै गिता मन्दिर हस्पिटलचोक, बुद्धचोक रंगशालासम्मको यात्रा पुरा गर्नु पर्ने हुन्छ ।

कोभिड—१९ ले गर्दा अन्य विभिन्न इभेन्टका दौड प्रतियोगितालाई विभिन्न चार चरणमा हुने मिति तय गरिएको छ । त्यसै १० किलोमिटर महिला तथा पुरुष तर्फको दौड प्रतियोगिता चैत १४ गते, फागुन २२ गते महिला तथा पुरुष तर्फको ह्विल चियर दौड प्रतियोगिता र आउँदो वैशाख ४ गते मञ्चको बार्षिकोत्सको अवसरमा ५ किलोमिटर बिद्यालय स्तरिय छात्र÷छात्रा दौड प्रतियोगिता र रन फन फन समेत हुने भएको मञ्चका पूर्व अध्यक्ष खड्ग बहादुर रानाभाटले बताए ।

प्रतियोगिता सम्पन्न गर्न करिब ५० लाख ६० हजार खर्च लाग्ने भएको मञ्चका अध्यक्ष गुरुङले जनाए । प्रतियोगितालाई सफल पार्न मुख्य प्रायोजक लक्ष्मी हाउसको उत्पादन सफल दुधले यस बर्ष ४ लाख ५० हजार आर्थिक सहयोग गर्ने भएको उनले जनाए । त्यसै गरी प्रतियोगितालाई सफल पार्न तीनै तहका सरकारले सहयोग गरेको गुरुङले जनाए । उनका अनुसार संघिय सरकार अन्र्तगत युवा तथा खेलकुद मन्त्रालयबाट ५ लाख, पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारबाट उक्त प्रतियोगिताको लागि १०÷१० लाख रुपैया विनियोजन भएको छ ।

२०५८ सालमा स्थापना भएको मञ्चले उक्त प्रतियोगिताबाट बचत भएको केही रकम सामाजिक क्षेत्रमा काम गर्ने योजना बनाएको मञ्चका कृष्ण तिमिल्सिनाले बताए । नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले सफल पोखरा म्याराथले पोखराको खेल पर्यटन प्रबद्र्धनमा मद्धत पुराउदै आएको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...