शहिद दिवसमा वी क्यान डू, हेल्पङि ह्यान्ड’द्धारा दिप प्रज्वलन


पोखरा माघ १६

शहिद दिवसको अबसरमा वी क्यान डू, हेल्पङि ह्यान्ड’द्धारा दिप प्रज्वलन गरिएको छ ।
सामाजिक क्षेत्रमा काम गर्दै आएको सस्थाले पोखराको मानब अधिकार चोकमा शुक्रबार साझँ दिप प्रज्वलन गरेको हो ।दिप प्रज्वलन कार्यक्रममा बोल्दै संस्थापक इन्दु शर्माले शहिदलाईएक दिन मात्र सम्झिएर नपुग्ने भन्दै सधै भरी सम्झनुपर्ने धारणा ब्यक्त गर्नुभयो ।

सस्थाका अध्यक्ष सुबास पौडेलले शहिदहरुले देश निर्माणको लागि आफ्नो ज्यान दिएर गएको स्मरण गदै उनिहरुका सपनाहरु साकार पार्न तर्फ लाग्नुपर्न बताउनुभयो ।

यस्तै सस्थाका सचिव जिवन आचार्यले सहिदहरुले देशको लागि ठुलो योग्दान दिएको उल्लेख गदै तर अहिलेको अबस्थामा शहिदहरुको सपना सकार नभएकोले अबका दिनहरुमा शहिदहरुको सपना सकार पार्न सबै लाग्नु पर्ने बताउनुभयो । दिप प्रज्वलन कार्यक्रममा सस्थाका सबै सदश्यहरुको उपस्थीति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...