१४ औं जेपि क्रस अन्तरबिद्यालय छात्र÷छात्रा वास्केटवल प्रतियोगिता सुरु

पोखरा २, मंसिर पोखरामा विहिबार देखि १४ औं संस्करणको जेपि क्रस अन्तरबिद्यालय छात्र÷छात्रावास्केटवल प्रतियोगिता २०७३ सुरु भएको छ । कास्की जिल्ला बास्केटवल संघको आयोजना तथा समाजसेवि कर्णेल जेपि क्रसकोमुख्य प्रायोजनमा पोखरा रंगशालामा आज भएको उद्घाटन खेलमा कास्कीमोडनाईजले विजयी सुरुवात गरेको छ । कास्की मोडनाइृजले छात्र तर्फ भएकोखेलमा मनकामना वोडिङ स्कुललाई २९ को बिरुद्ध ३० स्कोरको झिनो अन्तरलेपराजित गरेको हो । विहिबार विहान भएको छात्र तर्फको पहिलो खेलमा वालकल्याणले लिटिल स्टेप उच्च माविलाई २३ को बिरुद्ध २८ स्कोरले पराजित गर्यो। वाल कल्याणको जितमा रोहित गुरुङले १३ स्कोरको योगदान दिए ।छात्रा तर्फ भएको पहिलो खेलमा सुजिता गुरुङको ६ स्कोरको मद्धतले ग्लोवलकलिजियटले वालकल्याण माथि १४–१० को स्कोरले जित दर्ता गर्यो । छात्रतर्फको अर्को खेलमा सरस्वती बिद्या आश्रमले रेम्बो एकेडेमीलाई १५ बिरुद्ध ३०स्कोरको फरकिलो अन्तरले पराजित गरेको हो । सरस्वतीको जितमा दशरथविष्टले १० स्कोर को योगदान दिए । न्यु इरा एकेडेमीले सेन्ट फेन्सीसलाई ८को बिरुद्ध २४ स्कोरले पराजित गर्यो । विश्वास थापाको ११ स्कोरको मद्धतलेटप्स उच्च माविले छात्र तर्फको अर्को खेलमा सोसल पव्लिक स्कुललाई १९ कोबिरुद्ध २२ स्कोरले पराजित गर्यो । विहिबारको अन्तिम खेलमा डिफेण्डीङच्याम्पियन टप्स उच्च माविले छात्रा तर्फ मनकामना उच्च माविलाई ७ को बिरुद्ध १८स्कोरले पराजित गरेको हो । सुक्रबार विहानै देखि लिग चरणका खेलहर हुनेभएको संघ कास्कीका सचिव ध्वज कुमार गुरुङले बताए । उनका अनुसार छात्रतर्फ १३र छात्रा तर्फ भने ११ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा विजेताटिमले १०÷१० हजार, उपविजेताले ६÷६ हजार र तेश्रो हुनेले ४÷४ हजार प्राप्तगर्ने छन । यसैबिच, मंसिर ६ गतेसम्म पोखरा रंगशालामा संचालन हुने उक्त प्रतियोगिताकोउद्घाटन समाजसेवि जेपि क्रसले गरे । कार्यक्रममा बोल्दै उनले खेलाडीहरुकोखेलकुदको विकासमा टेवा पुग्ने भयर आफुले मुख्य प्रायोजन गर्दै आएकोजनाए । नेपाल ओलम्पिक कमिटिका सदस्य एवं नेपाल ह्याण्डवल संघका अध्यक्ष तेजगुरुङले खेलकुदको विकास भनेकै निरन्तर प्रतियोगिता आयोजना हुनु पनि एकभएको बताए । पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेललेनेपाली फुटवल खेलाडीहरुले नेपालीहरुको इज्जत विश्व सामु राखेकोे बताए ।संघ कास्कीका अध्यक्ष नेत्र बहादुर शेनको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...